इटहरी । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको कोशी प्रदेश तदर्थ  समिती गठन भएको छ ।

इटहरीको श्रीकृष्ण  प्रणामी मंदिरको सभाहलमा भएको कायक्रममा रोम घिमिरेको सम्योजकत्वमा तदर्थ समिती गठन गरेको हो  ।

कोशी प्रदेशमा छरिएर रहेका लोक दोहोरी गायक,तथा विभिन्न कलाकारितामा आबद्ध रहेकाहरु लाई एक जुट भएर लोक दाहोरी संरक्षण तथा प्रर्बधन गर्ने उद्धेश्यका साथ  तर्दथ समिती गठन गरिएको हो ।IMG_20240613_203210

तर्दथ समितीमा सह संयोजक रामकुमार राई, सदस्य सचिवमा सुसिल भट्टराई,आर्थिक संयोजकमा टिका बस्नेत र सदस्यहरुमा रुद्र श्रेष्ठ,रत्न आचार्य,भोलामान गुरुङ्ग,बोधराज पौडेल,जुना कार्की,कमलीकात्त भेट्वाल लगायतका १७ सदस्य तदर्थ समिती गठन गरिएको छ ।IMG_20240613_203108

सस्कार सहितको लोक सस्कृतीको जगेर्ना गर्ने उदेश्य र यो मुलुकको कुना कन्दरामा रहेका प्रतिभा लाई उजागर गर्ने प्रतिष्ठानको उदेश्य रहेको र स्थान नपाएका कलाकारहरु लाइ पिलेटफर्म पनमार्ण गरेका प्रस्फुटन गराउन सहज गराउने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताइन ।

तदर्थ समिती गठन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्य ,प्रसासनिक उपाध्यक्ष दिपक खड्का,उपाध्यक्ष पशुपती शर्मा ,शुभाष केसी,कोषाध्यक्ष जुना सृश मगर लगायतको सहभागिता रहेको थियो ।