इनरुवा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इनरुवाको आयोजनामा स्वास्थ्य ,समृद्ध र खुसीयाली जिवनको गुह्य रहस्य विषयक कार्यक्रमको तयारी भएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र समाज सेवा विभागको आयोजनामा स्वास्थ्य ,समृद्ध र खुसीयाली जिवनको गुह्य रहस्य विषयक त्रिदिवशीय कार्यक्रम इनरुवामा हुने भएको छ । 

जेठ ३१ गतेदेखि असार १ गतेसम्म आयोजना हुने कार्यक्रममा अन्तर्राष्ट्रिय बाचक वक्ता प्रोफेसर ब्रहमकुमार ई भि गिरिस लगायतले प्रबचन तथा प्रशिक्षण दिने पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । vlcsnap-2024-06-12-17h20m31s861

कार्यक्रममा ७ सय बढीको उपस्थीती हुने कार्यक्रम दैनिक विहान ७ बजेदेखि ९ बजे सम्म र साझ ४ बजेदेखि ६ बजे सम्म मनोबैज्ञानिक प्रशिक्षण हुने ब्रहमकुमारी राजयोग सेवा केन्द्र इनरुवाकी संचालिका ब्रहमकुमारी नम्रता दिदीले जानकारी दिइन । 

कार्यक्रममा नैतिकता , तनाव व्यवस्थापन र सुशासन सहितको मानवताका विषयमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।