सुनसरी । माछा ब्यवसायमा आत्मनिर्भर वन्दै चौधरी दाजु भाइ सुनसरीको देवानगञ्ज गाँउपालिका– ७ मा रहकोे सुनसरी बहुउदेश्सीय कृषि र्फम संचालन बाट नयाँ जातका माछाका भुराहरु गरेर विक्री वितरण गर्दै आएका छन्

जागिर छोडेर व्यवसायमा लागेका मनोज चौधरी र दाजु  अनिल कुमार चौधरी एक सफल कृषी व्यवसायीको रूपमा फड्को मार्दै गएका छन् ।

उनले शिक्षण पेशा त्यागेर सुनसरी बहुउदेश्सीय कृषि र्फममा माछापालन व्यवसायलाई दिगो र आम्दानीको मुख्य स्रोत बनाएका छन ।

साडे चार बिगाह क्षेत्रफलमा माछा,कुखुरा,बाख्रा,ड्रागन फल, आँप,लिची लगायतका व्यवसाय गर्दै आएका हुन् । 

पोखरीमा ५७ लाख माछाको नयाँ ह्याच र पुरानो झण्डै १५ कुन्टल पुरानो माछाको भुरा रहेका छन । १ करोड माछाको ह्याच संकलन गरि भुरा बिक्री बितरण गर्ने  चौधरीको योजना रहेको छ ।  उनको पोखरीमा कमन कार्प, सिल्भर कार्प, रघु, नैनी, बिगेट तथा एफ वान लगाएतका जातका माछा छन् ।  दुई दाजुभाईले चलाएको र सुनसरी बहुउदेश्सीय कृर्षि र्फममा ५सय आपको बिरुवा, ३ सय लिचिको बिरुवा, २ सय पिल्लरमा ड्रगन र अम्बक, कगती, मेवा लगाएतका विरुवा रोपेका छन ।

कृषिमा चुनौति हुदा हुदै पनि यसलाइ भने आफुले अवसरको रुपमा लिएर २०७७ सालबाट सुरु गरिएको यो फर्ममा माछा, कुखुरा,बाख्रा र विभिन्न जातका फलफुलहरु बिरुवाहरु रोपीएको र मुख्य ब्यवसाय भनेको माछाका भुरानै उत्पादन गरेर गुणस्तरीय भुराहरु विक्री वितरण गर्ने र सुनसरी जिल्ला भित्र मात्रै पुर्याउने लक्ष्य राखिएता पनी  अहिले भने पाँचथर, धनकुटा र इलाम लगायतका विभिन्न जिल्लाका पालिकाहरुमा पनि वितरण गरिदै आएकोे फर्मका संचालक मनोज कुमार चौधरीले बताए । IMG_20240605_125041 3

पोखरीमा माछाका भुराहरु हाल्ने वार्षिक कार्यक्रममा राखिएको र प्राकृतिक पोखरीहरु सार्वजनिक पोखरीहरु छन त्यसमा माछाका भुराहरु छोडिने कार्यक्रम रहेको थियो ।

त्यसैलाइ मध्यनजर गर्दै माछाका गुणस्तरीय भुराहरु कहा पाइन्छ भनेर खोज्दा सुनसरी बहुउदेश्य फर्म नै उचित भएको जानकारी दिए ।

यो लगिएको माछाका भुराहरु पाचँथरको पर्यटकिय क्षेत्रका तालहरुमा लगेर छोड्ने लक्ष्य रहेको भेटेनरी अस्पतालका अधिकृत निरज भट्टराइले जानकारी दिए ।421773531_1067781244474605_5782554754144845942_n

यो भन्दा अगाडी देखिनै माछाको कार्यक्रम चलाइएको र विभिन्न ठाउँमा खोज्दै जादा नजिकै फर्म रहेकाले रामो्र माछाका भुराहरु पाइन्छ भनेर आएको  र त्यसमा पनि एफ वान भन्ने चाइनिज माछा पाइने  र यो माछा छिटो वृद्धि हुने र यहा चित्त बुझ्दो साइजको माछा पाइनै र जुनजुन जातको माछा चाहिने त्यही जातको पाउदा सहज भएको माछा संरक्षक अरविन्द कुमार शाहले बताए ।

यो फर्म ३ हेक्टर जग्गामा फैलिएको छ र यहा विभिन्न किसिमका फलफुल पनि रहेका छन । यहाको फर्मको मुख्य माछालाइ नै फोकस गरिन्छ विभिन्न ठाउका किसानहरुलाइ माछाका भुराहरु सौलियत तरिकाबाट विक्रि वितरण गरिएको छ ।311493316_1766941820346853_3799843451356903938_n

माछा भनेर मात्र हुदैन माछा गुणस्तरिय छ कि छैन भनेर हेर्ने त्यसको माउ कस्तो र वृद्धि हुन्छ कि हुदैन भनेर हेर्ने र यहा जनकपुर फत्तेपुरबाट माछा ल्याउने र नेपालमै कृषि पेसा गर्न सक्यो भने रामो आम्दानी हने अर्का संचालक अनिल कुमार चौधरीले बताए ।

यस फर्ममा स्थानीयहरुले रोजगारी पनी प्राप्त गरेका छन । चौधरी दाजुभाईको  प्रेरणाले विदेशबाट फर्किएका युवाहरु पनि अहिले गाँउमै केही गरौ भन्ने सोच बनाउन थालेका छन् । सकरात्मक सोचका साथ सुरु गरीएको व्यवसायमा स्थानीय सरकार, प्रदेश सरकारका साथै संघीय सरकारले सहयोग तथा अनुदान तथा तालीमहरु प्रदान गरी कृर्षकहरुलाई प्रोत्साहन गर्न आवश्यक लरहेको देखिन्छ ।