वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षेत्र जुनियर जेसिजले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । 

चक्रघट्टी स्थित आइतवारेमा रहेको भानु आधारभुत बिद्यालयमा अध्यनरत विद्यार्थीहरु लाई लक्षित गरी जुनियर जेसिजले शैक्षिक तथा खेलकुदका सामाग्रीहरु वितरण गरेको हो ।

निम्न आए भएका बिद्यार्थीहरुलाई अध्यनकालागि सहज हुने उदेश्यले शैक्षिक सामाग्रीमा कपि ,कलम टेवलटेनिस ब्याट,बल, भलिबल लगाएका सामाग्रीहरु वितरण गरिएको जुनियर जेसिजका अध्यक्ष अमीत साहले बताए । 

पढन पाठन संगै अतिरिक्त क्रियाकलाप अन्तरगत पर्ने खेलकुद पनी विद्यार्थीको लागी आवस्यक पर्ने भएकोले  यि सामाग्री वितरण गरिएको पनी अध्यक्ष साहले  जानकारी दिए ।WhatsApp Image 2024-06-11 at 16.02.20

वराहक्षेत्र जुनियर जेसिजका अध्यक्ष साहको अध्यक्षतामा भएको उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा समाजसेवि बाबुराम बिष्ट प्रमुख अतिथि रहेका थिए । 

कार्यक्रममा चक्रघट्टी जेसिजका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष संन्तोष पुरी , भानु आधारभुत बिद्यालयका साहायक प्रधानध्यपक नगेन्द्र बहादुर कार्की, चक्रघट्टि जेसिका पदाधिकारी, विद्यालयका शिक्षकहरुको उपस्तिथि रहेको थियो ।