वराहक्षेत्र । बराहक्षेत्र नगर पालिकाको आयोजनामा भएको मेयर संग बालबालिका कार्यक्रम सम्पन्न भएको छ । 

 वराहक्षेत्र नगर पालिकाले स्थानिय विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहभागि गराएर अध्यरत विद्यालयको समस्या र पालिकाले बाबालिका प्रती गर्नुपर्ने भुमिका विषयमा प्रत्यक्ष बालबालिकाको कुरा सुन्न मेयर संग बालबालिका कार्यक्रम आयोजना गरेको हो ।

 वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई विद्यार्थी बालबालिकाले आफ्नो जिज्ञासा राखेका छन् ।

 मंलवार नगरपालिकाले आयोजना गरेको मेयरसंग बालबालिका कार्यक्रममा सहभागी वालबालिकाहरुले आफ्नो प्रश्न तथा जिज्ञासा राखेका थिए ।

नगरपालिकाको सभाहलमा माध्यमिक तहका बिद्यालयबाट प्रतिनिधि मुलक रुपमा सहभागी भएका बिद्यार्थीहरुले मेयर कार्की समक्ष आ–आफ्नो समस्या तथा आवश्यक्ताका विषयमा कार्यक्रमको आयोजना गरेको नगरपालिकाका सामाजिक बिकास अधिकृत अरुण मेहताले बताए ।WhatsApp Image 2024-06-11 at 16.02.21

वालबालिकाले राखेको लागू पदार्थ दुव्यसनीको समस्या , शैक्षिक गतिबिधि सरसफाईको अवस्था त्यस्तै भौतिक संरचना निर्माणको अवस्था , बिद्यालय प्रशासन र व्यवस्थापन समिति सहकार्य , परीक्षा व्यवस्थापन , बिद्यार्थीको सुरक्षा त्यस्तै बिद्यालयमा प्रविधिको व्यवस्थापन खेलकुद गतिबिधि , खेल सामाग्री बिज्ञान प्रयोगशाला , व्यहारिक शिक्षा प्राणाली लगायत जिज्ञासा र  समस्याको विषयमा नगर प्रमुख रमेश कार्की र शिक्षा शाखाका प्रमुख उप– सचिब  देवेन्द्र मल्लले जवाफ दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख कार्की , नगर उप–प्रमुख नन्दकुमारी सुनुवार,  प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , शिक्षा शाखाका प्रमुख उप– सचिब देबेन्द्र मल्ल सहित लेखा अधिकृत विरेन्द्र यादब , सामाजिक विकाश अधिकृत अरुण मेहता , शिक्षा अधिकृत उत्तमराज भारती लगायतको सहभागीता रहेको थियो ।