काठमाडैे । पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले एक समारोहबिच सोमबार उद्घाटन गरेको उक्त महाधिवेशन मंगलबार नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न हुनेछ । 

निजी वनको दिगो व्यवस्थापनको खाँचो रहेको उपराष्ट्रपति यादव बताएका हुन  ।

उनले निजी वनको सही सदुपयोग गर्न सके मुलुकको आर्थिक समृद्धि कायम गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे  । 

प्रतिनिधिसभाका सदस्य नारायणी शर्माले वन मानिसको जीवनको शक्ति भएकाले त्यसको सही सदुपयोगको खाँचो रहेको बताए । 

वनको विकास र संरक्षणमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने मो प्रष्ट पार्दै बनभित्रको काठ कुहिएर खेर जानुभन्दा त्यसको सदुपयोग गरी आर्थिक लाभ लिनुपर्नेमा जोड दिए  । WhatsApp Image 2024-06-10 at 10.36.20

प्रतिनिधिसभाका सदस्य सूर्यप्रसाद ढकालले गाँजाखेतीलाई व्यवस्थित गर्न सके एक खर्ब बरावरको वार्षिक राजस्व सङ्कलन हुने र देशको समृद्धि वन क्षेत्रको विकाससँग जोडिएकाले त्यसबारेमा सही नीति नियम बनाई त्यसको सदुपयोग गर्नुपर्ने बताए । 

पारिवारिक निजी वन संघका अध्यक्ष जोगराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण  विभागका महानिर्देशक डाक्टर सिन्धु ढुङ्गाना, घनश्याम पाण्डे, भारती पाठक लगायतले धारणा राखेका थिए । महाधिवेशनमा देशभरबाट ५ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । vlcsnap-2024-06-10-18h42m39s242

 सात जिल्ला बाहेक मुलुकभर ७० जिल्लामा संघको जिल्ला कार्यालय रहेको अध्यक्ष गिरीले जानकारी दिए  । 

उनका अनुसार संघको जिल्ला समिति नभएका जिल्लाहरुमा सोलुखुम्बु, ओखलढुङ्गा, ललितपुर, रोल्पा, डोल्पा, मुस्ताङ र मनाङ रहेको छ।