इटहरी । इटहरी जेसिजको जेसिज सप्ताह २०२४ विविध कार्यक्रम गरी सम्पन्न भएको छ । 

इटहरी जेसीजका अध्यक्ष सुमन शुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सप्ताह ब्यापी कार्यक्रम गर्दै जेसिज सप्ताह  सम्पन्न भएको हो । 

जेसीज अभियान युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको विश्व विद्यालय भएको भन्दै भोलीको नेत्तुत्वमा युवा विषयमा समेत चर्चा गरेका थिए  । 

कार्यक्रमका विषेश वक्ताक इटहरी उपमहानगरपालीकाका नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी जेसीजले रचनात्मक तथा उर्जाशिल काम गरेर समाज रुपान्तरणमा योग्दान पु¥याएकोमा खुसी व्यक्त गरेका छन ।WhatsApp Image 2024-06-09 at 14.18.14

 सप्ताह अन्र्तगत जेठ २० गते बाट सुरु गरेको उद्घाटन कार्यक्रम जेष्ठ नागरिक सम्मान तथा धार्मिक हाजिरी जवाफ गरीएको थियो । 

सप्ताह कार्यक्रममा प्रतियोगितामा प्रथम, दितिय र त्रितिय हुने विजेताहरु लाई पुरस्कार वितरण गरिएको इटहरी जेसिजका अध्यक्ष सुमन सुवेदीले जानकारी दिए ।   

सप्ताह अन्तरगत ट्राफिक सचेतना मूलक कार्यक्रम  ,वृक्षारोपण,वक्तित्व कला प्रतियोगिता

लागु पदार्थ दुव्र्यसन सम्बन्धी सचेतना लगायतका कार्यक्रमहरु आयोजना गरि सम्पन गरिएको आयोजकले जानकारी दिए ।