इटहरी । अस्पतालहरुमा रगतको अभाव भएको हुदा आकस्मिक रुपमा रक्तदान कार्यक्रमहरु हुदै आएको छ ।

रगत अभाव भएको समय लाई मध्यनजर गर्दै इटहरीमा संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

अन्तर्राष्ट्रिय रक्तदान तथा योग दिवसको अवसरमा पतञ्जली योगपीठ नेपाल इटहरी, इटहरी लेडि जेसिज, नेपाल रेडक्रस सोसाईटी इटहरी र नर्थप्वाईन्ट इङ्गलिस बोर्डिङ स्कूलको संयुक्त आयोजनामा भएको रक्तदानमा कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको इटहरी लेडि जेसिजकी अध्यक्ष ईन्दिरा काफ्लेले जानकारी दिइन ।

अस्पतालहरुमा विरामीको चाप बढी रहेको र दुर्घटनामा परेका लाई अतिआवस्यक पर्ने हुदा धरानमा पनी अभाव नै छ अझ विराटनगरमा बढी अभाव भएकोले यो विभिन्न संघ सस्थाको सहयोगमा आपत्कालिन रक्तदान कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराईले बताए ।WhatsApp Image 2024-06-09 at 14.18.24

   रगत अभाव  भएर विरामीहरुलाई समस्या हुदै आएको तर्फ मध्यनजर गर्दै तत्काल रक्तदान कार्यक्रमको आयोजना गरेको पतञ्जलि योगपीठ नेपाल उपमहानगर समितिकी अध्यक्ष उर्मिला कट्वालले बताइन । WhatsApp Image 2024-06-09 at 14.18.25

जिल्ला आयुर्वेद अस्पताल सुनसरीका प्रमुख सन्जिव यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र विराटनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका पुर्व सभापति विमल पौडेल, नर्थप्वाईन्ट इङ्गलिस बोर्डिङ स्कूल प्रिन्सिपल राजन दाहाल, शिवसेना सुनसरीका अध्यक्ष हिरा आचार्य, नेपाल रेडक्रस सोसाइटी इटहरीका सचिव संजिव ढुंगामा लगायतको सहभागिता रहेको थियो ।