इटहरी । किसान हक, हित र अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधि लगायत सरोकारवाला निकायसँग बहस कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय किसान अयोगको आयोजनामा सुनसरीको इटहरीमा किसानहरुको हक हित र अधिकार सुनिश्चितको लागी जनप्रतिधिहरु लगायत सरोकारवाला निकायसगं एक दिने वृहत छलफलको अयोजना गरिएको हो । इटहरीको तरहरा स्थित कृषि निर्देशनालयमा भएको वृहत छलफमा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले किसानको समस्या आफुले महसुस गरेको बताइन ।
नेपालमा भएको कृर्षीयोग्य जमिन प्रयोग गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताइन । पररिर्भतालाई हटाएर अव नेपाली किसान आत्मनिर्भर हुनुपर्ने मन्त्री शाहको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै मन्त्री शाहले आयत घटाएर निर्यात बढाउनु पर्ने उनले बताइन । माटो सरसफाइ गर्न जौवीक मलको प्रयोग गर्नुपर्नेमा उनको जोड रहेको थियो ।
राष्ट्रिय किसान अयोगले अयोजना गरेको कार्यक्रममा पुर्वी नेपालका किसानहरुले कृषि कर्म गर्दा आइपर्ने समस्या र चुनौतिका वारेमा प्रश्न राखेका थिए । कृषिका लागी उर्वर मानिने कोशी प्रदेशमा समेत किसान विभिन्न समस्यावाट जुझि रहेका छन् यलाइ सुक्षम रुपमा सामाधान गर्न सहभागिहरुमा माग रहेको थियो । छलफमा किसानले गरेका प्रश्नको जवाफ मन्त्री ज्वाला कुमारी शिहं र राष्ट्रिय किसान अयोगका अध्यक्ष डा प्रेम प्रसाद दगाांलले दिएका थिए ।




















