इटहरी  । कोसी प्रदेशमा इस्टर्न ट्राभल मार्ट सुरु भएको छ । कोसी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई सीमावर्ती भारतीय सहर र बङ्गलादेशमा समेत प्रचारप्रसार र प्रवर्द्धन गर्ने उदेश्वले कार्यक्रम आयोजना गरिएको हो । भारत र बङ्गलादेशका पर्यटक आकर्षित गर्ने उदेश्य सहित कार्यक्रम को आयोजना गरीएको आयोजकको भनाइ रहेको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीमा सुरु भएको कार्यक्रमको कोसी  प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन । कोशी प्रदेशमा पर्यटनको प्रचुर संभावना रहेको हुदा पर्यटकीय क्षेत्रको बिकासको लागी प्रदेश सरकार लागी पर्ने मुख्यमन्त्री कार्कीले बताए ।IMG_20240607_214636

आइतबार  सम्म चल्ने कार्यक्रमको समापन झापाको पूर्वी नाका काकडभिटामा हुने आयोजकले जनाएको छ । टाभल मार्टमा नेपालका ५० जना तथा भारतको बिहार, पश्चिम बंगाल, भुटान र बङ्गलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी र पर्यटनसँग सम्बद्ध संघ सङ्गठनका प्रतिनिधि गरी १ सय ३० बढी पर्यटनकर्मीको सहभागिता रहने इस्टर्न ट्राभल मार्ट २०२४ का कार्यक्रम संयोजक भविस कुमार श्रेष्ठले जानकारी दिए । यस कार्यक्रमले समग्र नेपालको पर्यटकीय विकास हुने श्रेष्ठले बताए । IMG-20240607-WA0013

कार्यक्रममा कोसी प्रदेशमा हालसम्म सञ्चालित तारे होटलहरु, प्रदेशका मुख्य गन्तव्यहरू, धार्मिक स्थलहरू, हस्पिटालीटी म्यानेजमेन्ट कलेजहरू गरी ३० भन्दा बढी स्टलहरू रहेको छ । स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीहरू बिच सूचना व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा सहमति सम्झौता समेत हुने आयोजकले जनाएको छ ।