इटहरी । भारतिय पर्यटक कोशी प्रदेश भित्रउने उदेश्यले इटहरीमा कोशी प्रदेश स्तरिय इस्टर्न ट्राभल मार्ट २०२४ को अयोजना हुने भएको छ ।
नेपालका अन्य प्रदेशहरुमा समेत प्रचार प्रचार र प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौं र कार्यक्रम आयोजना हुने स्थानिय सरकारको संयुक्त आयोजना र निजी क्षेत्रका सम्बद्ध सरोकारवाला मार्फत संचालन हुन लागेको इस्टर्न ट्राभल मार्टको चौथो संस्करण इटहरीमा जेष्ठ २५ देखि इटहरीको होटल सोल्टी वेस्टेण्डमा संचालन हुने भएको छ ।
यस प्रदेशका सिमावर्ती भारतीय शहर र नेपालका अन्य प्रदेशहरुमा समेत प्रचार प्रचार र प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित नेपाल पर्यटन बोर्ड र स्थानिय सरकारको संयुक्त आयोजना र निजी क्षेत्रका पर्यटन ब्यवसायीद्धारा संचालन हुने भएको छ ।
इस्टन ट्राभल मार्ट खास नेपालको पुर्वी भागमा रहेको कोशी प्रदेशमा रहेको पर्यटकिय गन्तब्यहरुमा होटल ट्राभल लगायतका स्थानहरुमा रहेका राम्रा चिज देखाउने र अरु पर्यटकहरु पठाउनु भन्ने यो एक किसिमको मार्ट आयोजना गरेको हो ।
प्रदेश सरकार स्थानिय सरकार जोडिएका स्थानलाइ अझै प्रोत्साहन गर्न ३ तहका सरकारले यस्ता कार्यक्रमहरु गरिरहदा छिमेकि राष्ट्रहरुमा जुन धेरै ठुलो संख्यामा झन्डै डेढ अरब जनसंख्या भएको ठाउ जुन विहार यु पि मा धेरै जनसंख्या छ र यस्तो मार्ट गर्दै जाने हो भने छिमेकि भारतका धेरै संख्यामा पर्यटकहरु भित्राउन सकिने इस्टन ट्राभल मार्टका संयोजक भविस कुमार श्रेष्ठले बताए ।
यस कार्यक्रममा छिमेकी देश भारतका विहार, पश्चीम बंगाल सिक्किम प्रान्त, भुटान र बंगलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरुको सहभागीता रहने विस्वास गरिएको छ ।
नेपालका खासगरी लुम्बिनी, वाग्मती, गण्डकी, मधेश र अन्य प्रदेशका ५० जना भन्दा बढी ट्राभल व्यवसायीहरुको सहभागीता रहनेछ ।
कार्यक्रमको बजेट नेपाल पर्यटन बोर्ड र स्थानिय आयोजक इटहरी उपमहानगरपालिकाको साझेदारीमा सम्पन्त गरिने छ ।
कार्यक्रममा कोशी प्रदेशमा हालसम्म संचालित तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरु र धार्मीक स्थलहरु, हस्पीटालिटि मेनेजमेन्ट कलेजहरु गरी ३० वटा भन्दा बढी स्टल रहने मार्टका उपाध्यक्ष देवि गौतम रबिनले जानकारी दिए ।
कार्यक्रममा उपस्थित व्यवसायी स्टलहरु र विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरु विच वि टु वि मार्फत सुचना÷व्यापार र समझदारी बनाउदै देशीय तथा अन्तरदेशीय व्यवसायी प्याकेजहरुमा सहमती सम्झौता गराइने मार्टका कोषाध्यक्ष तेज बहादुर पुरीले बताए ।
कार्यक्रममा स्थानिय संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।
नेपाल बाहेकका आमन्त्रीत व्यवसायीहरुलाई कार्यक्रमको दोश्रो दिन २६ गते कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराईने छभने कार्यक्रमको समापन झापाको पूर्व नाकामा अवस्थित होटल, मेची क्राउनमा जेष्ठ २७ गते गरिनेछ ।




















