बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकामा कोपोमिस पुनताजर्गी तथा सम्पति शुद्धिकरण निवारण सम्बन्धी प्रयोगात्मक तालिम सम्पन्न भएको छ ।
बराहक्षेत्र नगर पालिकाको आयोजनामा भएको तालिममा बराहक्षेत्र नगरमा रहेका सहकारीहरुलाई प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित २ दिने तालिम सम्पन्न भएको हो ।

जेष्ठ २० र २१ गते भएको तालिममा सहकारीहरुले डाटा कसरी राख्ने ,कसरी पालिकाहरुलाई पठाउने लगायतका सहकारी सम्वन्धी व्यवस्थापकिय पक्षहरुका विषयमा रामधुनी पालिकाका सहकारी शाखा अधिकृत सुमन पौडेल र बराहक्षेत्र नगरपालिकाका अधिकृत मातृका तिवारीले सहजिकरण गरेका थिए । तालिममा बराहाक्षेत्र नगरपालिकामा रहेको २३ वटा सहकारीहरुका १० जना पुरुष र १३ जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




















