इटहरी । इटहरीमा रहेको होटल इनटुरिष्ट प्यालेसले एक कार्यक्रमका विच आफनो पाँचौ वार्षिकोत्सव निःसहाय बालबालिका संग मनाएको छ ।
कोशी प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको इटहरी पुर्वी नेपालमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी सुविधा सम्पन्न होटल व्यवसायहरु मध्येमा पनि आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको होटल इनटुरिष्ट प्यालेसले पाँचौ वार्षिकोत्सव निःसहाय बालबालिकाहरु लाई खाना खुवाएर मनाएको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ संगित चोकमा रहेको होटल इनटुष्टि प्यालेसले सञ्चालनको चार वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसर पारेर बार्षिकोत्सव मनाएको छ । 
निःसहाय बाललिका सेवा आश्रमकी संचालिका गिता गौतमको प्रमुख आतिथ्यमा बार्षिक मनाइएको बार्षिकोत्सवमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिदै आएको होटल इनटुरिष्ट प्यालेसका प्रवन्ध निर्देशक मिसन पराजुलीले वताए ।
उनले तारे होटलको सुविधा आफुहरुले ग्राहकहरुलाई प्रदान गर्दै आएको वताउदै होटलमा एसी सहितका २३ वटा कोठाहरू रुम,सेमिनार हलको सहितको सुविधा रहेको जानकारी दिए ।
यस होटलले आन्तरिक तथा वाह्य पर्यटकहरुका लागी सहज तथा सुविधा सम्पन्न होटलले सेवा प्रवाह गर्दै आएकोमा विर्षिक उत्सवको अवसरमा निःसहाय बालबालिकाहरु लाई संग सहभागी गराएर मनाएको कार्यक्रमको प्रसंषा गर्दै अतिथीहरुले आगामी दिनको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा होटलका ब्यवस्थापक इश्वरी पराजुली ,समृद्धी फाइनान्सका सिइओ हेमन्त चौहान,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का,नेपाल विज्ञापन बोर्ड सदस्य पवन अधिकारी, लगायतको सहभागिता रहेको थियो ।




















