इटहरी । आज विश्व दूध दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविको पार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि संगठन (एफएओ)ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी यस वर्ष २४औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाइदै छ ।
सोहि अन्तरगत इटहरीमा रहेको दुद्य उत्पादक सहकारी सस्थां लिमिटेडले विश्व दूध दिवस प्रभातफेरी गरेर मनाएको हो ।
विभिन्न नारा लेखिएको प्लोकार्ड वोकेर दुद्य उत्पादक किसानहरुले इटहरीको बजार हुदै विभिन्न स्थान परिक्रमा गरी मनाएको छ ।
यो दिवस मनाइरहदा सुनसरीका सयौ किसानहरुले १८ महिना देखी दुधको भुक्तानी नपाइएको सरकारले थर्दै आएकोे बिमा बन्द गरिएको किसानहरुको पशु मरे पछी किसानहरु मरमा परेको गुनासे समेत गरेका छन् । 
त्यसतै सरकारले दिदै आएको अनुदान समेत कटौती गर्दा साना किसानहरु सिधै मारमा परकोेको सुनसरी दुध उत्पादक संघका अध्यक्ष राजन धमलाले बताए ।
सरकारले पशु विमा र साना किसानका लागी चिस्यानमा रोकिएको अनुदान पुनः सुरु गर्न सरकार सगं सुनसरीका किसानहरुले माग गरेका छन ।
दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने गुणस्तर कायम गर्न जनचेतना जगाउने र दूध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने पनव् सहभागीले बताए ।




















