इटहरी । इटहरी बासी लाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघ अमेरिका र हङकङमा लोकप्रिय चस्मा उत्पादक कम्पनी जिसिजि इन्टरनेसनलको १० औं शाखा सुनसरीको इटहरीमा एक कार्यक्रमका बिच विधिवत रुपमा उद्घाटन गरिएको छ ।
शुक्रवार सुनसरीको इटहरी चोकमा इन्डियन आइडलमा टप १० मा पुग्न सफल लोकप्रिय गायिका मेनुका पौडेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा जिसिजी इन्टरनेसनल नेपालका अध्यक्ष रामजस शर्मा र प्रमुख अतिथी पौडेलले संयुक्त रिवन काटेर जिसिजी इटहरी शाखाको उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले जिसिजी चस्मा नेपालको इटहरी शाखाको उद्घाटन गर्ने अवसर दिनु भएकोमा खुसी ब्यक्त गरिन ।
उनले विश्व प्रसिद्ध जिसिजी इन्टरनेसनले उत्पादन गरेको चश्मा अब इटहरीमै पाउने चश्माका उपोभोक्तहरु लाई सहज हुने पनी बताइन । 
जिसिजी इन्टरनेसनल चस्माको बजारमा अत्याधिक माग भएको कारण उपभोक्ताहरुको मागलाई मध्यनजर गर्नै इटहरीमा जिसिजी ७ सय बढी प्रकारका चस्माहरुको शाखा विस्तार गरिएको जिसिजी इन्टरनेसनल नेपालका प्रबन्ध निर्देशक जितेन्द्र शर्माले बताएका छन् ।
विश्वका केही सिमीत देशमा मात्रै रहेको जिसिजी चस्माको शाखा नेपालको विराटनगरमा करिब २ महिना अगाडि सञ्चालनम आएको अब यस कम्पनीका शाखाहरुमा विस्तार गर्दै प्रदेशका विभिन्न पहाडी क्षेत्रहरुमा पनी विस्तार गर्ने योजना रहेको कोशी प्रदेश शाखा प्रमुख पुष्कर पोखरेलले बताए ।
प्रिमियम स्तरकोे यस सिजिसी चस्माको मुल्य १२ सय देखि २२ हजार रुपैया सम्म रहेको छ । चाँडै क्लिनिकको सुविधा पनी यही बाट संचालन गर्दै विश्वव्यापी रुपमा सिजिसी चस्माको माग अत्याधिक हुने भएकाले आगामी दिनमा सबैको सहर ,गाँउ गाँउमा पुर्याउने योजना रहेको जानकारी दिए ।




















