धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २९ औ स्थापना दिवसको अवसरमा सम्मान तथा विभिन्न कार्यक्रमका साथ धनकुटामा सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा बाट शुरू गरिएको अभ्यास लाई सामुदायिक वनले जिवन्तता पाएको छ ।
कार्भे जिल्लाको सानुपाण्डे गाउँबाट पहिलो पटक शुरू गरिएको अभियान धनकुटा जिल्लाको धनकुटा नगरपालिका वाड नम्वर ३ स्थित सिलढुङ्गा सामुदायिक वन उपभोत्ता समिति गठन गरी २०४५ सालमा धनकेसर खड्काको अध्यक्षतामा १५ सदस्यिय स्थानीय वन उपभोक्ता नेपालको दोस्रो सामुदायिक वनका रूपमा रहेको वनले समुह गठन गरि उक्त वन उपभोत्ता समुहलाई हस्तान्तरण गरिएको थियो ।
वनको दिगो व्यावस्थापन र सामुदायिक अधिकार, समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्दिको आधार भन्ने नाराका साथ अगाडि बढेको सामुदायिक वन उपभोत्ता महासंघ, नेपाल महासंघ धनकुटाले सामुदायिक वन उपभोत्ता महासंघ धनकुटालाई संस्थागत रूपमा सक्षम र सबल बनाउनका लागि पुर्याउनु भएको विशेष योगदानको उच्च कदर गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग र सद्भावको अपेक्षा सहित डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठलाई खादा अविरलगाई सम्मान पत्रले सम्मान गरिएको छ ।
भने जिल्ला संघ धनकुटाको विविध गतिविधिहरूमा पटक पटक आर्थिक सहयोग गरी पुर्याएको विशेष योगदानको उच्च प्रशंसा गर्दै घ्याल्पे पटङ्गवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गा बहादुर न्यौपाने, काईयोघारी सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष दिव्य प्रसाद मिश्र, हाँडिखर्क सामुदायिक वन उपभोत्ता समुहका जयादेवि पोख्रेल, चिप्लेपाखा सामुदायिक वन उपभोत्ता समुहका हिक्मत भण्डारी लगायत पाँचवटा सामुदायिक वन उपभोत्ता समुहलाई कदर पत्र प्रदान गरिएको छ ।
संस्थाका सहसचिव ठगेन्द्र प्रसाद अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य ईन्द्रमणि पराजुली, सामुदायिक वन उपभोत्ता महासंघ, नेपाल धनकुटाका अध्यक्ष निल बहादुर थापा, सामुदायिक वन उपभोत्ता महासंघ नेपाल कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौला लगायतले सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला स्थित सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गाोकुण्डेश्वर सामुदायिक क्याम्पस प्रमुख जयपुर्ण भुजेल, सामाजिक कल्याणकालागि प्रभावकारी समुह नेपालका अध्यक्ष सुमना तिम्सिना, जिल्ला स्थित पालिका महासंघका अध्यक्ष, पदाधिकारीहरू, उपभोत्ता लगायतको सहभागिता रहेको थियो ।




















