इटहरी । शिक्षक तथा साहित्यकार क्षितिज क्षेत्रीको दोस्रो कृती क्षितिजकी रश्मी नामक उपन्यास  इटहरीको शुषमा गोदावरी कलेजको सभाहलमा एक कार्यक्रम विच लोकार्पण गरिएको छ । 
 जगत स्मृती प्रतिष्ठानको आयोनामा कार्यक्रम साहित्यकार कवि क्षितिज क्षेत्रीकोे कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
१३५ पेजको रहेको पाथिभरा अफसेट प्रेसमा प्रकासन गरेको मनास्लु एडभरटाईजिङ्गको आवरणकला रहेको क्षितिजकी रश्मीकोे  विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मनु मंजिल लगायतका अतिथिहरुले सामुहिक रुपमा लोकापर्ण गरिएको थियो  ।
 पुस्तक लोकार्पण पश्चात पुस्तकका विषयमा मनोज कार्कीले प्रस्ट पारेका थिए ।WhatsApp Image 2024-05-28 at 18.21.45 (1)
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मनु मंजिलले पुस्तकका बारेमा बोल्दै क्षितिजकी रश्मी उपन्यासले आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक रहेको आगामी दिनमा एक भएर यो क्षेत्रमा निरन्तर दिनु पर्ने बताए ।
पुस्तकमा प्रयोग भएका क्षितिजकी रश्मीमा भाषा र बिम्ब निक्कै  पुस्तक पढ्दै जाँदा धेरै ठाउँमा भावुक र रोमाञ्चित अनुभूति हुने भएको सहभागीहरुले बताए ।
जगत स्मृती प्रतिष्ठानकी सदस्य गिता कट्वालको अध्यक्षतामा भएको कार्यक्रममा कवि टिका आत्रेय,साहित्यकार संगितकार जे .बि  थुलुङ, नेपाल प्रज्ञ प्रतिष्ठान काब्य विभाग सदस्य राम प्रसाद खरेल, सुषमा गोदावरी कलेजका प्राचार्य बोधराज नेपाल,प्रगती लेखक संघकी अध्यक्ष तिला लेकाली लगायतको सहभागिता रहेको थियो ।