इटहरी, गायिका रञ्जना शर्माको स्वरमा मन पोल्छ बेसरी नामक पहिलो गीत तथा म्युजीक भिडियो सार्वजनिक भएको छ । भर्खरै मात्र सार्बजनिक भएको उक्त  गितमा  छोरीले विवाह गरी जन्मघर छोड्नु पर्दाको पिडालाई  भिडियो मा उतार्न खोजिएको छ । लोक आधुनिक शैलीमा तयार गरिएको गीतमा रञ्जना शर्माकै शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोलाई गायिका को आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

स्टृङ्स रेकर्डिङ स्टुडियो मा रेकर्डिङ भएको उक्त गितको एरेन्ज प्रकाश अधिकारी ले गरेका हुन भने भिडियो तर्फ डाइरेक्सन्को भुमिका पवन सिग्देल ले गरेका छन । सन्तोश कोइरालाले छायांकन गरेको उक्त गित संयोग जंग बिष्ट ले सम्पादन गरेका छन। 

गीतको भिडियोमा आफै डेब्यु गरेकी गायिका शर्माको भिडियोमा  गायत्री दाहाल भट्टराई , जोनी ढकाल , नेलशन थानेश्वर ढकाल , शेखर दंगाल,  राजेन्द्र केशरी घिमीरे, रुद्र माया घिमीरे, कुष्ण प्रसाद शर्मा भुपाल प्रसाद भट्टराई , मनी पौडेल, डिवी बस्नेत , संजीव कट्वाल, दुर्गा प्रसाद रिजाल रहेका छन । पहिलो गितले आफ्ना सुभचिन्तक हरुबाट राम्रो प्रतिक्रिया पाइरहेकी शर्माले दर्शक तथा श्रोताबाट झनै हौसला पाइरहेकी छन। दर्शक तथा श्रोताबाट यस्तै माया पाइरहे सांगीतिक क्षेत्रमा  अझ नयाँ नयाँ सन्देशमुलक गित संगित ल्याइरहने गायिका शर्माले प्रतिज्ञा समेत गरेकी छन ।