सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका अन्तर्गत चन्द्रनगर पूर्वाञ्चल विश्वविद्यालय हुँदै गोठगाउँ महेश्वर सुब्बा मार्ग लाटिझोडा सडक खण्डको शिलान्यास नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन ।
सडक खण्डको शिलान्यास गर्दे अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले बाटाघाटाहरुको निमार्णर्का समयमै सम्पन्न र गुणस्तरीय काम हुनुपर्ने बनाइ सक्ने बित्तीकै भत्किने स्थीति नआवस र कन्ट्रक्सन कम्पनिलाइ काम समयमै सम्पन्न गर्न समेत निर्देशन दिए ।
मुल्य वृद्धि र मुल्य स्फ्रितिका कारणले काममा अवरोध नआवस ठेकेदार कम्पनिले गरेका कामको सरकारले बेलैमा भुक्तानी दिनुपर्ने भनेर स।का।लाइ आग्रह समेत गरेका छन र पुर्वाधार विकासको महत्व सबैले बुझ्नुपर्ने र नेपालमा अब दुर्गम भएको ठाउँ नै नभएको र सबै ठाउँमा सडकको संजाल पुगेको नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बताए ।
यस्तै, सुन्दरहरैंचा नगरपालिकामा अझ विकास निमार्णका धेरै काम गर्न बाकि रहेको र तटबन्धनको काम गर्न बाकी छ ।
यहाँको सडकको समस्याको बारेका संघिय सरकार र प्रदेश सरकार सँग छलफल गरेर बजेट माग्ने र नगरलाइ सुन्दर सफा समृद्ध बनाउने सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरगाइले बताएका छन ।
उत्त सडक आयोजनाको ठेक्को मकवानपुरको लामा–बानियाँ जे.भी. कन्ट्रक्सनलाइ २०८१ वैशाख १० गते पैंतालीस करोड पचासी लाख तेइस हजार छ सय उनान्सत्तरी रुपैयाँ पैंतालीस पैसामा नगरपालिकासगँ ठेक्का सम्झौता भइसकेको छ ।
यस आयोजना सडकखण्ड चार किलोमिटर सात सय सैंतीस मिटर र महेश्वर सुब्बा मार्ग–लाटीझोडा सडकखण्ड पाँच किलोमिटर पचहत्तर मिटर सडक निर्माण हुने उल्लेख गरीएको छ । जसमा डबल लेनको बाटो, दुवै तर्फ सडक बत्ती, दुवै तर्फ फुटपाथ, दुवै तर्फ पक्की ड्रेन, ८ वटा पाइप कल्भर्ट र १४ वटा बक्स कल्भर्टका साथै सम्पूर्ण ट्राफिक साइन सिग्नलहरू सहितको गुणस्तरीय कालोपत्रे सडक निर्माण हुने बताइएको छ ।
यो आयोजना मिति २०८२ जेठ ३२ गते सम्पन्न गर्ने लक्ष्य रहेको छ ।




















