इटहरी । बिद्यार्थी संग जेसिज कार्यक्रम अन्तर्गत इटहरी लेडि जेसिजले मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरीमा रहेको कबिर माध्यमिक बिद्यालयका कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरु लाई लक्ष्यित गरि बिद्यालयमै मानसिक स्वास्थ्य विषयक कार्यक्रम गरिएको हो ।
पछिल्लो समयमा १३ देखि १६ बर्ष उमेर समुहका युवा,युवतीहरुमा देखिएको समस्यालाई मध्य नजर गर्दै उक्त कार्यक्रम आयोजना गरेको इटहरी लेडि जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले बताइन । 
मान्छेले आफ्नो पेट दुखेको र शरिरको अन्य अंग दुखेको महशुस गर्छन अनी डाक्टरकोमा देखाउन जान्छन तर दिमाग दुखेको वा मानसिक अवस्थामा परेको असर कसैले थाहा पाउदैनन र कुनै डाक्टर लाई देखाउन पनि जादैनन, त्यसैले आफ्नो ज्यान त्यग्न मृत्यु लाइ समेत रोज्ने अवस्थामा पुग्न सक्छन । त्यो अवस्थामा पुग्न नदिन मानशिक पनि रोग हुन्छ कसरी थाहा पाउने थाहा पाए पछि के गर्ने र कस्ता रोग मानशिक रोग हैनन भन्ने विषयमा मनोसामाजिक परामर्श दाता श्रृष्टि भट्टराई र इटहरी अस्पतालका नर्सिङ इन्चार्ज डाक्टर आरती शाहले सहजिकरण गरेका थिए । 
कार्यक्रममा कबिर माध्यमिक विद्यालयकी प्रधानध्यपक मिनु न्यौपाने, लेडि जेसिजका पुर्ब अध्यक्षहरु उर्मिला कटुवाल , अम्बिका श्रेष्ठ , रोशना थापा ,दुर्गा खड्का अचार्य मानार्थ सदस्य जेसि दुर्गा पौडेल लगायतको सहभागिता रहेको थियो ।




















