इटहरी । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
चुरे उत्थानशील आयोजना प्रदेश परियोजना व्यवस्थापन इकाईले अन्तर माध्यामिक विद्यालयका . चित्रकला प्रतियोगिताको आयोजना गरेको हो ।
दुर्गा पाटी प्यालेसमा भएको जैविक विविधता र चुरेको भविष्य’ विषयक प्रतियोगितामा इटहरी उपमहानगरपालिकाका १३ विद्यालयका कक्षा ९ र १० मा अधयनरत ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पार्वती माध्यमिक विद्यालयकी छात्रा एलिसा चौधरी प्रथम, दोस्रोमा जन सहयोग माध्यमिक विद्यालयकी छात्र सनिस लिम्बु, तेस्रो हुनेमा राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा अञ्जु सेन रहेकाका छन् । 
त्यस्तै सान्त्वनामा जन सहयोग माविकी छात्रा सेबिका तामाङ र युजिन राई पुरस्कृत भएका थिए ।
सहभागी प्रतियोगीहरुलाई प्रथम, दोस्रा, तेस्रो र सान्त्वना क्रर्मस लाई ५ हजार ४ हजार,३ हजार र २ हजार नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको
सञ्चार अधिकृत सेवा भट्टराईले जानकारी दिइन् ।
प्रतियोगिताका निर्णायकमा इटहरी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका द्रोणप्रसाद दाहाल, वन तथा वातावरण शाखाका नोबलकिशोर भट्टराई, र भित्रकार तथा कलाकार महेन्द्र राईले गरेका थिए ।
विद्यालय स्तरको यस्तो प्रतियोगिताले जैविक विविधता र त्यसको संरक्षण गर्नुपर्ने हाम्रो जिम्मेवारीको बारेमा चेतना फैलान सहभागीले गरेको चित्र बनाउने अभ्यासले जैविक विविधताको विषयमा बुझाउन मदत पुग्ने कार्यक्रमका प्रमुख अतिथी प्रदेश वन निर्देशक इन्द्रमणि भण्डारीले बताए ।
कार्यक्रम चुरे उत्थानशील आयोजना प्रदेश परियोजना व्यवस्थापन इकाइ इटहरीका संयोजक राज कुमार गुप्ताको अध्यक्षता भएको थियो ।




















