इटहरी । होटेल व्यवसायी संघ इटहरीले विधान विपरित काम गरेको भन्दैसंघमा आबद्ध उपाध्यक्ष, कोषाध्यक्ष,सदस्य  सहित केही असन्तुष्ट पदाधिकारीहरुले पत्रकार सम्मेलन गरी जानकारी गराए । 

संघका अध्यक्ष जीवन पराजुलीले विधान विपरीत नियुक्त गरेको र कार्यवाहक अध्यक्ष जयप्रसाद  उपाध्यायले विधान विपरित मनोमानी काम गरेको आरोप लगाएका छन ।

    पराजुली  उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा निर्वाचित भएपछि कार्यबहाक उपाध्याक्षलाई दिनुपर्ने विधानमा भएपनी महासचिवलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएर मनोमानी गरेको पत्रकार सम्मेलनमा उनीहरूले आरोप लगाए । 

इटहरीमा होटल नभएको र इलामको श्रीअन्तुमा व्यवसाय गर्दै आएका उपाध्यायको उनलाई पराजुलीले कार्यबहाकको जिम्मेवारी दिएर पुन विधान विपरीत अहिले महासचिवको जिम्मेवारी दिएको थियो ।WhatsApp Image 2024-05-20 at 16.29.26

कार्यवाहक उपाध्यायले गत चैत्र २७ गते उपाध्यक्ष प्रकाश महतो, कोषाध्यक्ष बाबुराम गिरी र सदस्य कृष्ण पराजुलीलाई संघबाट निष्कासन गरेका थिए । 

विधान विपरीत उपाध्यायले पदाधिकारीलाई कारबाही गर्दै संघबाट निष्कासन गरेकाले आफूहरू विरोधमा उत्रिएको असन्तुष्ट पक्षले जनाएका छन् । 

होटेल व्यवसायी संघ इटहरीको अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई कोरम नपुगेको साधारण सभाबाट विधान संशोधनको हवाला दिँदै कुनै पनि स्पष्टिकरणको लिखित जवाफ समेतको मौका नदिई पदमुक्त गरिएको र तत्काल पुनर्बाहाली नगरे कानुनी प्रक्रियामा जाने उपाध्यक्ष महतोले बताए ।WhatsApp Image 2024-05-20 at 16.23.26 (1)

       पराजुली र उपाध्यायले हाल प्रचलित संस्थाको लेटर प्याडमा विधानमा व्यवस्था भएको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र बाँकी सबै सदस्य हुने व्यवस्था बाहेक अनेक पद क्रियाशील गराएर विधान विपरीत काम गरेको होटेल व्यवसायी महासंघका निबर्तमान केन्द्रीय उपाध्यक्ष मणिन्द्र बहादुर कटुवालले बताए ।

 आफ्नै कार्यकालमा बनेको विधानलाई तोडमोड गरेर गैर कानुनी गतिविधि हुनु दुखद भएको कटुवालको भनाई छ ।

यही विषयमा संघका कार्यबाहक अध्यक्ष जयप्रसाद उपाध्यायले २०६५मा ११ सदस्य रहेकोमा २०७६मा यही टिमले बिधान संशोधन गरी २५ सदस्य बनाउन बैठक बाट पास यरेर उनिहरुलेनै सही गरेर ५ सदस्य विधान समिती बनार विधान पारित गरेको बताए ।

विधान साधरणसभाबाटै विधान संशोधन गरेको र निरन्तर ३ वटा बैठकमा नआए सोत खारेज हुने विधानमा रहे बमोजिम कार्वाही गरेको कार्यबाहक अध्यक्ष उपाध्यायले जानकारी दिए ।