इटहरी । इटहरी १६ मा रहेको सरस्वती जब्दी माध्यामिक विद्यालयमा रहेको चेतना बाल क्लबको निर्वाचन सम्पन्न भएको छ । 

विद्यालयमा अध्यनरत विद्यार्थीहरुको क्लबको नेतृत्व चैन गर्न निर्वाचनको आयोजना गरेको हो । 

२सय ३ जना बालबालिकाहरुले मतदान गरेका थिए ।

स्कुलले विद्यार्थीहरु लाई  निर्वाचन प्रक्रिया कसरी संचालन हुन्छ भन्ने विषय ज्ञान दिन पनी  शुक्रबार स्कुल  परिसरमै विद्यार्थीहरुले भोट हालेर निर्वाचन प्रक्रिया पुरा गरि  सम्पन्न गरेको छ ।WhatsApp Image 2024-05-18 at 15.54.55

भगवती खतिवडा निर्वाचन अधिकृतको भुमिका रहेको विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म ४ सय विद्यार्थीहरु रहेकोमा २ सय ५० जना मतदाता विद्यार्थीले मतदान गरेको गरेका थिए । 

विद्यार्थीहरुमा क्लबको अध्यक्ष लगाएतका पदका लागी विद्यार्थिहरुमा  निर्वाचन गराइएको साथै निर्वाचन प्रक्रिया गराउने विद्यार्थीहरुको पाठ्यक्रमै  भएकाले जसमा विद्यार्थीहरुलाई पढाउने भन्दा पनि पुर्ण निवार्चन प्रक्रिया नामकन गरी प्रत्यक्ष अभ्यास गराइएको सरस्वती जब्दी माध्यामिक विद्यालयका प्रधानध्यपक मातृाकाप्रसाद भट्टराईले जानकारी गराए ।