इटहरी । गुणस्तरीय शिक्षाको आधार मर्यादित शिक्षण पेशाको पुर्वधार भन्ने नाराका साथ स्थापना भएको नेपाल शिक्षक संघ इटहरी नगर समितिको प्रथम स्थानीय प्रतिनिधि सभा तथा शिक्षक स्वागत , सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सोही अवसरमा संघका सस्थापक अध्यक्ष राम बहादुर पाठकलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ भने आगन्तुक शिक्षकहरु लाई स्वागत गरिएको हो ।
इटहरीको सामुदायिक विद्यालयमा नँया शिक्षकका रुपमा आएका ३० जना लाई अविर खादा लगाई सुभकामना,बधाई दिदै स्वागत गरिएको छ ।
संघका सचिव भिम भट्टराईको प्रतिवेदनमा वर्ष भरी गरेको गतिविधी विषयमा डिजिटल प्रविधि बाट प्रस्तुत गरिएको थियो भने अर्थ सचिव दिपेन्द्रकुमार रायले संघले गरेको कार्यक्रममा भएको आम्दानी र खर्चको आयब्य प्रतुत गरेका थिए ।
आम नागरिकलाई सुलभ र गुणस्तरिय शिक्षा र स्वास्थ्य उपलब्ध गराउन राज्यको प्रमुख दायित्य रहन्छ भनेर सविधानमा उल्लेख भएको र शिक्षा जस्तो महत्वपुर्ण कुरामा नेकपा एमाले उदासिन भएको बताए ।
अब शिक्षा लाई हेर्ने दृष्टीकोण सुधार गर्दै सामुदायिक विद्यालयलाई बलियो बनायो भने सस्थागत विद्यालयको निर्मम भएर पछी लाग्नु नपर्ने कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । 
हाम्रो पेसागत मर्यादा लाई उच्च राख्दै अगाडी बढेनु पर्ने अवस्था छ र संगढन लाई जिवित राख्दै शिक्षण पेसा उच्च राख्दै विगतका दिनमा संगठनमा भउका कमी कमजोरीलाई आगामी दिनहरुमा सबको साथ सहयोग र सुझाब लिदै शिक्षकहरु सागठानिकरुपले विद्यार्थि लाइ कसरी गुणस्तर दिन कायम राख्ने र विद्यार्थी लाई टिकाइ राख्ने मिसनमा लाग्नु पर्ने नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णले बताए ।
आगामी दिनमा शिक्षा र सामुदायिक विद्यालय लाई शिक्षकहरु एक जुट भएर सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेर गुणस्तरिय शिक्षा प्रदान गर्न जरुरी भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् । 
कर्यक्रममा तरुण दल सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङ ,जनता बहुमुखी क्याम्पस संचालक समिती अध्यक्ष विकास केसी,नेपाल शिक्षक महासंघ केन्द्रिय सदस्यसंघ गंगा ढुंगाना , नेपाल शिक्षक संघ सुनसरी अध्यक्ष वेणु प्रसाद सिग्देल, नेपाल शिक्षक संघ इटहरीकी निवर्तमान अध्यक्ष मिनु न्यौपाने लगायतको सहभागिता रहेको थियो ।




















