इटहरी । विद्यार्थीहरुमा शिक्षा संगै अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको मकालु इङलिस वोडिङ स्कुलले विद्यार्थीहरुका नेतृत्व चैन गर्न निर्वाचनको आयोजना गरेको छ ।
स्कुलले विद्यार्थीहरु लाई निर्वाचन प्रक्रिया कसरी संचालन हुन्छ भन्ने विषय ज्ञान दिन पनी शुक्रबार स्कुल परिसरमै विद्यार्थीहरुले भोट हालेर निर्वाचन प्रक्रिया पुरा गरि सम्पन्न गरेको छ ।
विद्यालयमा अध्यनरत ६सय विद्यार्थी मध्ये कक्षा ३ देखि १० सम्मका ३२५ जना विद्यार्थीहरु मतदाता रहेका छन भने २२ जना उमेद्वार मध्ये १० जना निर्वाचित हुने छन । 
नव निर्वाचितहरुलाई १ वर्ष कार्यकालको लागि सपथ ग्रहण गर्ने पदस्थापन गराइने निर्वाचन अधिकृत कक्षा १० का विद्यार्थी सुजन दाहालले जानकारी दिए ।
यस्तै , स्कुल हेड , सहायह क्याप्टेन र हाउस क्याप्टेन र ब्लू,ग्रिन,रेड,एल्लोका हाउस पदको लागी निर्वाचन गराइएको साथै निर्वाचन प्रक्रिया गराउने विद्यार्थीहरुको पाठ्यक्रमै भएकाले जसमा विद्यार्थीहरुलाई पढाउने भन्दा पनि पुर्ण निवार्चन प्रक्रिया नामकन गरी प्रत्यक्ष अभ्यास गराइएको विद्यालयका प्रिन्सीपल थानेश्वर ढकालले जानकारी दिए । 




















