इटहरी । सुनसरीको इटहरी छ मा रहेको लिटल फ्लार्वस सेकेण्डरी इङलिस वोडिङ स्कुलमा अध्यनरत विद्यार्थीहरुको  निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ । 

विद्यार्थीहरुले मोवाइल हेर्दा विद्यार्थीहरुको आँखामा हुन सक्न स्वास्थ्य लाई मध्यनजर गर्दै आँखा परिक्षण शिविरको आयोजना गरेको हो ।

नब दृष्टि आई हस्पिटल इटहरीको प्रविधिक सहयोगमा विद्यार्थीहरुको निःशुल्क आँखा परिक्षण गरिएको छ ।vlcsnap-2024-05-17-18h53m09s556

विद्यालयमा अध्यनरत प्ले गु्रप देखि कक्षा १० सम्मका विद्यार्थीहरु आँखाका समस्याका कारण पढन पाढनमा सहज होस् भनेर प्रत्यक वर्ष आँखा शिविरको कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सिपल पुण्य प्रसाद सापकोटाले जानकारी दिए  ।

विद्यालयमा प्ले गु्रप देखि कक्षा १० सम्मका विद्यार्थीहरु लाई  पठनपाठन गराउनुका साथै योग शिक्षा, म्युजिक शिक्षा, गायन शिक्षा र खेलकुद, नेतृत्व विकास गर्न र व्यवहारीक ज्ञान दिने उद्धेश्यले अतिरिक्त क्रियाक्लापमा जोड दिदै आएको छ ।