इटहरी ।  तालतलैया विकास तथा संरक्षण समितिको स्थापना दिवस तथा अर्ध वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको  छ । 

सोही स्थापना दिवस तथा अर्ध वार्षिक समिक्षा कार्यक्रमको अवसरमा तालतलैयाको  विकासका लागी पर्यटन पूर्वाधार विकास लगायतको कार्यमा विभिन्न निकाय बाट महत्वपुर्ण भुमिका निर्वाह गरेर्को ७ जना लाई सम्मान गरिएको छ । 

सम्मान हुने हरुमा तत्कालिन इटहरी नगर पालिका पुर्व कार्यकारी अधिकृतहरु गणेश दाहाल ,गणेश तिम्सिना ,पशुपति खतिवडा र पुर्व अध्यक्ष तुलाराम दंगाल,रुद्र प्रसाद सुवेदी , टंक कुमार थापा र पुर्व मेयर तथा प्रदेस संसद सर्वध्वज सावा लाई सम्मान गरेको छ । 

कलाकृति र संस्कृति युक्त पर्यटन क्षेत्रको रुपमा  २०६६ सालमा इटहरी उपमहानगर पालिका २ को र ३ मा रहेको शान्तिनगरी सामुदायिक वन रसरस्वती सामुदायिक वन क्षेत्रमा रहेको तालको संरक्षण गरेर पर्यटकहरुको मुख्य आकर्षणको केन्द्र बन्दै आएकोे यस तालतलैयाको विकासका निम्ति धेरै कामहरु भएका छन् । WhatsApp Image 2024-05-16 at 18.29.22

।  तालतलैया पर्यटन विकासको एतिहासिक पक्ष र तलतलैया संचालनका विषयमा संरक्षण समितीका अध्यक्ष लक्ष्मी प्रसाद खनालले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संरक्षण समितीका अध्यक्ष लक्ष्मी प्रसाद खनालको अध्यक्षता तथा पुर्व मेयर तथा पुर्व प्रदेस संसद सर्वध्वज सावाको प्रमुख आतिथ्य र कृष्ण प्रसाद दंगालको ंयोजनमा भएको कार्यक्रममा उपमहानगरपालिका वाडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदी, उपमहानगरपालिका वडा नम्बर ६का सचिव घनश्याम गिरी, शान्तिनगरी सामुदायिक वनकी अध्यक्ष गंगाकुमारी गुरुगं, रसरस्वती सामुदायिक वनका अध्यक्ष राजकुमार लिम्बु लगायतको सहभागिता रहेको थियो ।