धनकुटा । महिलाहरु लाई लक्षित गरी उद्यमशिलतामा जोड दिदै पाख्रिवास ४ का महिलाहरुलाई लक्षित गरी सञ्चालित डल ,कुशन लगायतका सामाग्री वनाउने एक महिने तालिम समापन भएको छ ।
पाख्रिवास नगर पालिका वडा नम्बर ४ को समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजनामा सञ्चालित एक महिने तालिम समापन भएको हो ।
भावना सिलाई कटाई प्रशिषण केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको डल,कुशन निर्माण सम्वन्धी एक महिने तालिममा पाख्रिवास नगर पालिका वडा नम्वर ४ का २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा पाख्रिवास नगर पालिका वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष मानन्धर र तालिमकी प्रशिक्षक भावना मल्ल ठकुरीले तालिममा सहभागी महिलाहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रमाण पत्र वितरण गर्दै अध्यक्ष मानन्धरले महिला दिदि बहिनीहरुलाई आवश्यक सिपमुलक कुसन, डल, गुडिया लगायतका सजिसजावटका सामानहरु बनाउने तालिम दिएर आत्मनिर्भर बनाउने उद्धेश्यले २५ जना लाई तालिम प्रदान गरिएको जानकारी दिए । 




















