इटहरी । जनता माध्यमिक विद्यालयले आफ्नो ६७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।
वार्षिक उत्सवको अवसर पारेर सञ्चारकर्मी,शिक्षक सम्मान तथा छात्रवृद्धि वितरण गरिएको हो ।
विगत लामो समय देखि विभिन्न सञ्चार माध्यममा आवद्ध भइ निरन्तर पत्रकारिताको माध्यम बाट सुसुचित गराउदै आएका ३ जना संचारकर्मिहरुलाइ सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा एभिन्युज टेलिभिजनका संवाददाता दिपक कार्की,सप्तकोशी टेलिभिजनका प्रवधक निर्देशक विकल रेग्मी र ,सप्तकोशी एफ एमका सम्पादक लिलाराज भट्टराइलाइ कार्यक्रमका प्रमुख अतिथी हेमर्कण पौडेल, प्रदेश संसद मिना श्रेष्ठ र स्कुल व्यवस्थापन समितिका अध्यक्ष कासीनाथ दंगालले दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।
सोहि कार्यक्रमको अवसर पारेर ६ कोठे विज्ञान प्रयोगशाला भवनको उद्घाटन गरिएको छ । 
नेपालै उत्कृष्ट विद्यालयको रुपमा पर्न सफल भएको र विभिन्न दाताहरुको सहयोगमा भौतिक संरचनानिमार्ण गरिदिने हो भने इटहरीका जति आउने विद्यर्थीलाइ पढाउन स्कुल व्यवस्थापन समितिका अध्यक्ष कासीनाथ दंगालले बताए ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा इटहरीका सामुदाइक विद्यालयमा गुणस्तरीय शिक्षा दिन पहिलो प्राथामिकता बालबालिकाहरुलाइ दिने । सामुदाइक विद्यालयहरुको सुधार गर्न आफुहरु लाग्ने र अभिभावकहरु प्नि लाग्नु पर्ने जानकारी दिए । यस वर्ष शैक्षिक वर्ष घोषणा गरेको र आवश्यक पर्ने विद्यालयहरुमा स्कुल बस लिदे नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
विद्यालयमा अध्यपन गराउदै आएका उत्कृष्ट शिक्षकहरुलाइ सम्मन गरिएको छ भने विभिन्नदाताहरुले स्थापना गरेका अक्षकोष बाट जेहेन्दार विद्यार्थीहरुलाइ छात्रावृद्धि वितरण गरिएको छ ।
त्यसै गरि विद्यालय संचालन तथा व्यवस्थापनको विषयामा २०८०र ८१ को वार्षिक प्रतिवेदन विद्यालयका प्रध्यानध्यापक पशुपति सिक्देलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासिनाथ दंगालको अध्यक्षता तथा प्रमुख अतिथि हेमकर्ण पौडेल विशिष्ट अतिथि प्रदेश संसद मिना श्रेष्ठ, नागरिक समाजका अध्यक्ष बालिका भट्टराई, राष्ट्रिय जागृति क्लबका अध्यक्ष शन्त बहादुर डुम्जन लगाएतको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु गरेर मनोरञ्जन गराएका थिए ।




















