इटहरी । सिमा सुरक्षाका साथै राजस्व चुहावट नियन्त्रणका लागि खटिदै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले गएको १४ महिनाको अवधिमा सिमा स्तम्व मर्मत संभार देखि लिएर गोताखोर तालिम सम्म विभिन्न महत्वपुर्ण कार्य गरेको जनाएको छ ।

  सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीबाट सरुवा भई जाने क्रममा विगत १४ महिनाको अवधिमा गरिएका कार्यहरुको सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले जानकारी गराएका हुन ।IMG_20240514_092542

  सो अवसरमा पोखरेलले विगत १४ महिनाको अवधिमा झापा ,मोरगं र सुनसरीका विभिन्न ६ ठाउँमा बिओपी स्थापना गरिएको , गोताखोर तालिम सम्पन्न गरेको , विभिन्न ठाउँमा रहेका सिमा स्तम्भहरुको रंगरोगन तथा मर्मत सम्भार गर्ने लगायतमा महत्वपुर्ण कार्य गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले तथ्याक सार्वजनिक  गरेको  छ । WhatsApp Image 2024-05-14 at 17.18.21

सरुवा भएर विदाई हुन लागेका पोखरेलले  विदाई हुनु अघि पत्रकारहरुसंग भेटघाट गरी  आफनो कार्यकालमा गरिएका महत्वपुर्ण कार्यहरुको प्रतिवेदन प्रस्तुत गरेका हुन ।   सशस्त्र प्रहरी बल नेपाल नम्वर १ बराह वाहिनीमा सरुवा भएर आएका सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीलाई पत्रकारहरुले सोही अवसरमा स्वागत गरेका थिए ।