इटहरी । आफनो २७औ स्थापना दिवसको अवसर पारेर रोटरी क्लव अफ इटहरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन ।

    रोटरी क्लव अफ इटहरीको स्थापना दिवसको अवसरमा पुर्वाञ्चल बचत तथा ऋण सहकारी समेत आयोजक रहेको रक्तदान कार्यक्रममा ५७जना महिला पुरुषले रक्तदान गरेका हुन ।

  नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग तथा सौन्दर्यकला व्यवसायी संघ इटहरी , सुनसरीको सह आयोजना रहेको रक्तदान कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ इटहरीका अध्यक्ष माधव न्यौपानेको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टरार्इृको प्रमुख आतिथ्य रहेको थियो ।WhatsApp Image 2024-05-14 at 17.17.53 (2)

  रक्तदान कार्यक्रममा रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु बिजु बैनी श्रेष्ठ , अनन्त बिष्ट , संयोग पराजुली , विश्व आर्दश कलेज इटहरीका प्राचार्य गणेशकुमार दुलाल , नमुना कलेज इटहरीका अध्यक्ष केशव खड्का लगायतको कार्यक्रममा आतिथ्य रहेको रोटरी क्लव अफ इटहरीका पब्लीक इमेज कमिटीका प्रमुख सन्तवहादुर डुम्जनले जानकारी दिए ।

 रोटरी क्लव अफ इटहरीले रक्तदान, सरसफाई , विद्यालय तथा विद्यार्थीहरुका विभिन्न किसिमका सहयोग लगायतका सामाजिक कार्य गर्दै आएको छ ।