इटहरी । इटहरी ४ मा रहेको निःसहाय बालबालिका सेवा आश्रम इटहरीलाई नेपाली सेनाको श्री कृष्णदल गणको तर्फबाट खाद्यान्न सामाग्री उपलव्ध गराइएको छ ।
निः सहाय बालबालिकाहरुलाई संरक्षण दिदै आएको सो आश्रमलाई श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन ।
आश्रमका लागि प्रमुख सेनानी लामाले १सय २५ के.जि.चामल २० के.जि.दाल, १५ के.जि.चिनी, १ के.जि. चियारंग , ५ कार्टुन विस्कुट आश्रमकी सञ्चालिका गिता गौतमलाई हस्तान्तरण गरे हुन । श्री कृष्णदल गण इटहरीबाट पोखरा स्थान्तरण हुदै छ । नेपाली सेनाले विभिन्न समयमा सामाजिक कार्यमा सहयोग पुर्याउदै आएको छ ।




















