उदयपुर । उदयपुर जिल्लाको उदयपुर गढीमा अवस्थित पञ्चावती माध्यमिक विद्यालयबाट २०४३ सालमा एस .एल सि उत्तीर्ण गरेका विद्यार्थीहरुको भेलाले शिक्षकहरुलाई  सम्मान  गरेको छ । 

 एस. एल. सि पश्चात् आआफ्नो अध्ययन र विभिन्न पेसामा संलग्न भएपछि टाढिएका विद्यार्थीहरुका विच भेटघाट गर्नुका साथै आफूलाई पढाएका  ५ जना शिक्षकहरुलाई एक भव्य कार्यक्रम गरी सम्मान गरेका हुन् ।

विद्यार्थी र विद्यालयको अवस्थालाई समेत ध्यानमा राखेर केही सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा  नारायण कार्की, इश्वर निरौला, भरत घिमिरे, नारायण काफ्ले र चन्द्रनाथ झालाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको हो ।IMG_20240512_192635

उक्त  विद्यालयको इतिहासमा पहिलो पल्ट यसरी सम्मान गरिएको र यसले सबैलाई खुुसि व्यक्त गरेको भन्दै विद्यालय र अध्ययनरत विद्यार्थीहरुलाई के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा सहभागी गोपाल खत्रीले धारणा राखेका थिए  । IMG_20240512_192615

आफ्ना विद्यार्थीहरुले यसरी संझेर सम्मान गर्दा हामीले कमाएको  सम्पति नै यही हो भनेर सम्मानित शिक्षकहरुले खुसी सहित आफ्ना विगतका अनुभव सुनाएका थिए । उक्त कार्यक्रममा सहभागी र हाल  उदयपुरगढी गाउँ पालिकाका सुचना अधिकृत भइ काम गरिरहेका पुष्पकुमार थापाले  यो कार्यले  विद्यालयको रौनकता बढ्नुको साथै पालिकाको लागि नै उदाहरणीय काम भएकोले आफु अत्यन्तै हर्षित भएको बताए । IMG_20240512_193139

काठमाडौँ, धुलिखेल, सुनसरी, मोरड, झापादेखि सहभागिता जनाउन आएका विद्यार्थी साथीहरुले पुरानो गढी , पञ्चावती मन्दिर एवं अन्य ऐतिहासिक स्थलको अवलोकन गर्नुका साथै नाचगान गरेर रमाइलो गरेका थिए ।