सुनसरी । रोटरी क्लब अफ इटहरीको २७ औ स्थापना दिवसको अवसरमा सुनसरीको बज्राहामा रहेको लक्ष्मी माद्यमिक बिधालयमा अध्यरत कक्षा ८ र १० का छात्रा हरु लाई एक दिने आत्मारक्षा तालिम दिएको छ ।
छात्राहरुमा भइ परि आउने असुरक्षा लाई मध्यजर गर्दै रोटरी क्लबले छात्राहरु लाई तालिमको आयोजना गरेको क्लबका अध्यक्ष माधव न्यैापानेले जानकारी दिए ।
तालिममा कक्षा ८-१० का ५० जना छात्रा हरुको सहभागिता रहेको थियोे । तेक्वान्दो प्रशिक्षक ज्ञानेन्द्र बिश्वकर्माले आत्मारक्षा सम्बन्धि प्रशिक्षण गराएका थिए ।
रोटरी क्लब अफ इटहरिका अध्यक्ष माधव न्यैापानेको अध्यक्षता तथा रोटरी क्लबका पुर्व अध्यक्ष राजेश श्रेष्ठको प्रमुख अतित्थयमा भएको रोटरी क्लब अफ इटहरी का पुर्ब अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।




















