इटहरी । शिक्षा संगै अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको लिटल फ्लार्वस सेकेण्डरी इङलिस वोडिङ स्कुलले विद्यार्थीहरुको नेतृत्व चैन गर्न निर्वाचनको आयोजना गरेको छ ।

स्कुलले निर्वाचन प्रक्रिया अन्र्तगत मतदाता नामवली प्रकाशन, चुनाव चिन्ह वितरण गरिएको थियो भने  शुक्रबार स्कुल परिसरमै निर्वाचन प्रक्रिया पुरा गरि विद्यार्थीहरुले भोट हाल्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यालयमा अध्यनरत ७ सय २९ विद्यार्थी मध्ये कक्षा १ देखि १० सम्मका ५७४ जना विद्यार्थीहरु मतदाता रहेका छन भने ५९ जना उमेद्वार मध्ये ११ जना निर्वाचित हुने छन ।

 नव निर्वाचितहरुलाई १ वर्ष कार्यकालको लागि सपथ ग्रहण गराइ पदस्थापन गराइने छ ।vlcsnap-2024-05-10-18h29m57s686

यस्तै , स्कुलका हेड १ , सहायह क्याप्टेन २ र हाउस क्याप्टेन ४ जना ब्लू,ग्रिन,रेड,एल्लोका हाउस पदको लागी निर्वाचन गराइएको साथै निर्वाचन प्रक्रिया गराउने विद्यार्थीहरुको पाठ्यक्रममानै भएकाले जसमा विद्यार्थीहरुलाई पढाउने भन्दा पनि पुर्ण निवार्चन प्रक्रिया नामकन गरी प्रत्यक्ष अभ्यास गराइएको विद्यालय सम्योजक डिल्ली बहादुर राउतले जानकारी दिए । vlcsnap-2024-05-10-18h29m44s675

आजका बालबालिका भोलिका कर्णधार हुने भएकाले लोकत्रान्तीक प्रणालिमा निर्वाचन हुन आवश्यक रहेको र जसले गर्दा निर्वाचनमा मत बदर रोक्ने र मतपत्र पट्यनउदा लदबद नहोस भनेर अहिले देखि नै विद्यार्थीहरुलाई यो प्रक्रियाले विद्यार्थीहरुमा पनी अभ्यास प्राक्टिकल गराइएको प्रिन्सिपल पुण्य प्रासाद सापकोटाले बताए ।vlcsnap-2024-05-10-18h30m42s400

विद्यालयमा प्ले गु्रप देखि कक्षा १० सम्मका विद्यार्थीहरु लाई  पठनपाठन गराउनुका साथै योग शिक्षा, म्युजिक शिक्षा, गायन शिक्षा र खेलकुद, नेतृत्व विकास गर्न र व्यवहारीक ज्ञान दिने लगायतमा पनि विद्यालयले विद्यार्थीहरुलाइ दक्ष बनाउदै आइरहेको छ । 

शिक्षक लेखनाथ बराल प्रमुख निर्वाचन अधिकृतले निर्वाचन प्रक्रिया पुरा गरेका थिए ।