इटहरी ।  नेपाल दयानन्द बौदिक मिसन एकेडेमीले नँया आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट  विद्यार्थी दिक्षान्त समारोह कार्यक्रम सम्पन्न गरेको छ । 

इटहरीको लायन्स क्लबमा भएको कार्यक्रममा युकेजी बाट कक्षा १ र कक्षा ५ बाट ६ मा जाने कक्ष ८ बाट ९ मा पास भएका १ सय ५ जना  उत्कृष्ट विद्यार्थीहरु लाई उत्कृष्ट उपाधीको प्रमाण पत्र सहित दिक्षित गरिएको हो । 

सोही अवसरमा  नँया आगन्तुक १ सय १५ जना विद्यार्थीहरु लाई खादा टिका लगाएर सास्किृतिक कार्यक्रम सहित विद्यालयमा अध्यनरतका लागी  स्वागत गरिएको विद्यालयका प्रिन्सिपल डाक्टर बेनु सिटौलाले जानकारी दिए । WhatsApp Image 2024-05-10 at 18.18.04

 विद्यालयमा ५सय ५० जना विद्यार्थीहरु अध्यनरत रहेका छन् । 

विद्यालयका सहायक क्याप्टेन सुमन पराजुलीको अध्यकक्षता तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष  धु्र्रब कुमार लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय संचालकहरु विश्व प्रसाद रिजाल, ईश्वरी पराजुली,तिका दत्त बन,राजेश खनाल लगायतले स्वागत तथा दिक्षित गरेका थिए । WhatsApp Image 2024-05-10 at 18.11.01

साथै विद्यालयले विभिन्न समयमा विद्यार्थीहरुलाइ खेलकुद, शैक्षिक भ्रमण र अतिरिक्त क्रियाकलापहरु गदैै विद्यार्थीहरुलाइ विद्यालयले दक्ष बनाउदै आइरहेको छ ।