इटहरी । राई जातिहरुको परिबेश र रहन सहनमा आधारित नेपाली कथानाक चलचित्र गाउँआएको बाटो नामक चलचित्रको प्रमोशन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । 

राई जातिहरुको संस्कृति तथा जिवन शैलिमा आधारीत कथामा  निमार्ण गरिएको चलचित्रको किरात राई वान्तावा खिमको आयोजनामा छलफल गरिएको हो ।

 इटहरी १० मा रहेको खिमको भवन निमार्ण स्थलमा भएको कार्यक्रममा जेष्ठ २५ गते देखि नेपालभरी प्रर्दशन हुने चलचित्रको विषयमा जानकारी दिन कलाकारहरु इटहरी आएका थिए । 

दयाहाङ राई, प्रसान राई र पशुपती राईको मुख्य भुमिका रहेको चलचित्रको निर्माता नविन सुब्बाले निमार्ण तथा लेखक महेश राई र कलाकारहरु राज थापा मगर रहेको छ ।WhatsApp Image 2024-05-09 at 18.36.44

त्यस्तै, भोजपुर जिल्लाको आमचोक गाउपालिका स्थित बांलखा क्षेत्रमा रहेका राइ जातिहरुको रहन सहन र परिबेशलाइ समेटेर सोहि क्षेत्रमा छायांकन गरिएको छ ।

 विदेशका विभिन्न सहरहरुमा प्रर्दशन गरिएको र आगामि जेष्ठ २५ गते देखि नेपाल भरी प्रदशन हुने चलचित्रको विषयमा छलफल गर्ने उद्धेश्यले इटहरीमा भेटघाट कार्यक्रम राखिएको किरात राई वान्तावा खिमका केन्द्रिय अध्यक्ष ज्ञान किरातीले जानकारी दिए  । 

सो कार्यक्रममा स्थानिय कलाकार प्रकाश सुब्बा लगाएतको सहभागिता रहेको थियो ।