इटहरी । युवाहरुलाई नेपाली सेना प्रति थप आकर्षण वढाउदै भर्ना छनोटको स्वच्छता ,निश्पक्षता र पारदर्सिताका विषयमा समाजका विभिन्न पक्षलाई जानकारी गराउने उद्धेश्यले इटहरीमा नेपाली सेनाले भर्ना छनौट वर्कशप आयोजना गरेको छ ।

   नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आयोजना तथा पुर्वी पृतना मुख्यालयको सहकार्यमा कोशी प्रदेस स्तरीय भर्ना छनौट वर्कशप आयोजना गरिएको हो ।

   कार्यक्रममा युवा , विद्यार्थी , कोशी प्रदेश विभिन्न जिल्लाका पत्रकार , समाजसेवी लगायतको सहगागिता रहेको वर्कशपमा प्रमुख सेनानी रत्नकेशर खड्का र शान्ता कुमार थापाले भर्ना छनौट लगायतका भर्ना सम्वन्धि विषयमा जानकारी गराएका थिए ।

कार्यक्रम भर्ना सम्वन्धि तयार पारिएको वृत चित्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको भर्ना छनौट निर्देशनालयका निर्देशक शक्तीजंग बस्नेतले आकर्षण बढी रहेको जानकारी गराए ।

उनले सैन्य पदका लागि ४५सय माग गर्दा ४० हजार बढी र ३५सय माग गर्दा ३७हजारको आवेदन परेको वताउदै प्राविधिक लगायतका सबै पदहरुमा आकर्षण बढी रहेको वताए ।

वकशर्पमा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै नेपाली सेनाको पुर्वी पृतना मुख्यालयका चिप अफ स्टाफ सहायक रथी धनवहादुर थापाले नेपाली सेनाले आफनो जिम्मेवारी अनुसार काम गरिरहेको जानकारी गराएका थिए । भर्ना छनौटका विषयमा नेपाली सेनाले कोशी प्रदेशमा पहिलो पटक यस प्रकारको वकशर्प सञ्चालन गरेको हो  ।