इटहरी । इटहरी १ हलगडा, नमुना टोलमा रहेको नागेश्वर शिव पाञ्चायन मन्दिर परिसर भित्रको सर्वाङ्गीण विकास तथा अक्षयकोष स्थापनार्थ श्रीमद्‌भागवत महापुराण धन धान्याञ्चल सप्ताह हुने भएको छ । 

 वैदिक सनातन धर्म संस्कार संस्कृतिको संरक्षण, बचाउँ अभियानमा पूर्वाञ्चल पर्यटन भन्ने नाराका साथ वैदिक सनातन धर्मको संरक्षण एवं समस्त ज्ञातअज्ञात् पितृ उद्धारार्थ आयोजित श्रीमद्‌‌भागवत महापुराण धन धान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञ २०८१ वैशाख ५ गते देखि  १३ गते सम्म  हने  छ ।6ca943d1-0450-48e5-b573-b34a6229b8c0

 पूर्वाञ्चल पर्यटन विकास संस्था प्रा. लिको सहयोग हुन लागेको  महायज्ञमा  प्रखर युवा प्रवत्ता आचार्य पण्डित खगेन्द्र प्रसाद अधिकारीको मुखारवृन्दबाट संगीतमय कथा वाचन साथै नेपाली संस्कृतका वाङमय मूर्धन्य वि‌द्वान पण्डित ईन्द्र प्रसाद अधिकारीको  मुखारवृन्दबाट पाठपारायण हवन होमादी एवं चर्चित कलाकारहरुको साथमा देवलिलामा आधारित बेजोड झाँकी सहित संगीतमय भजन कीर्तन तथा कथा प्रवचन हुने आयोजक नागेश्वर शिव पाञ्चायन मन्दिर मुल पुराण  समितिले जानकारी दिएको छ । 

साथै राम नवमीको अवसरमा इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेल  बाट मन्दिरमा भगवानका मूर्तिहरुको  प्राण प्रतिष्ठा तथा मन्दिर समु‌द्घाटन गरिने पनी आयोजकले जानकारी दिएको छ ।