दुहबी,  दुहबी नगरपालीकाले आयोजना गरेको  तेश्रो बृत मार्गनिर्देशन तथा रोजगार मेलाको  सनिवार उद्घघाटन   भएको छ्।    चैत्र २४ र २५  सम्म चल्ने रोजगार मेलाको कोसी प्रदेशका मुख्य मन्त्री  केदार कार्कीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन ।     

उद्घाटन भएकै दिन  बिभिन्न बिधामा अन द स्पोट  १३ जनाले रोजगार पाइसकेका छन भने    प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले  ६५ जनालाइ भोलि अन्तर्वार्तामा बोलाएको छ। अन्तर्वार्ता मा पास हुने सबैलाइ रोजगार प्रदान गरिने सामाजिक बिकास मन्त्रालयले जनाएको छ्। 

पहिलो दिन जागिर पाउने बिधामा   कुक १ जना, एकाउन्टेन्ट  २ जना बारटेन्डर १ जना,  कम्प्युटर अपरेटर २ जना,  डकुमेन्टेसन १ जना,   ड्राइभर १ जना,  वैटर १ जना,  किचेन हेल्पर १ जना,  सेक्युरिटि गर्ड  १ जना,  गार्मेन्ट फेबृकेटर २ जना   रहेका छन्।     नगरपालीकाले  तालिम र बिउ उजि  दिएर  सन्चालन गरेका  लघु उद्यम ब्यावसायिहरुले कुल  ४५६५०   को  आम्दानि गरेका छन्।      

मेला उद्घाटन पछि बोल्दै  प्रमुख  अतिथि  कोशी प्रदेशका मुख्यमन्त्री  केदार कार्किले   दुहबी इनरुवा रोड को ठेक्का तत्काल लाग्ने र  औधोगिक सिटिमा रुपान्तरणका लागी दुहबि इनरुवा सडक खन्ड लाइ औधोगिक करिडोर सग जोड्नु पर्ने धारणा राखेका थिए।   बुडिखोला केसलिया  तटबन्ध निर्माण र गृनरी सहितको प्रोजेक्ट ठेक्का   लाग्ने क्रममा रहेको बताउदै उनले   दुहबि नगरपालीका    देशकै  पहिलो पालिका हो जस्ले  रोजगार मेला आयोजना गरि बेरोजगार युवायुवतीलाइ स्वरोजगार , रोजगार र आत्मनिर्भरताको बाटो देखाएको छ। 

तर्सर्थ दुहबी नगरपालीका  अर्थतन्र र रोजगारको हिसाबले आगामि दिनका लागी भाग्यमानि  साबित हुने  हुदा  सबै नगरबासीले  साथ सहयोग गर्न मुख्य मन्त्री कार्केले  अनुरोध गरे।    

दुहबी  नगर प्रमुख बेद नारायण  गच्छादारले   रेमिटान्सले  चलेको मुलुकमा हाल जति रेमिट्यान्स भित्रीएको छ तेस्को दोब्बर भन्दा बढी  स्थानिय र केद्र  सरकारले  बेरोजगार युवायुवती लाइ प्रबिधियुक्त तालिम र  मागका आधारमा सिप  दिने हो भने  सम्भव  रहेको बताए।दुहबी नगरपालीकाले  आफ्नो बल बुताले भ्याएसम्मा आफ्ना नगरबासीको हित र समृद्दिका लागी  लघु उद्यम मार्फत जोडेर तालिम र बिउ पुजि  उपलब्ध  गराइ ५ सय भन्दा  बढि महिलालाइ  स्वरोजगार बनाइसकेको र लगानि आवस्यकता अनुरुप   मेयरको जमानिमा २ देखि १५ लाख सम्म बिनाधितो सस्तो ब्याजमा रिण  उपलब्ध गराउदै आएको बताउदै  दुहबी नगरपालीका कृषी हब रहेको हुदा  कृशी उत्पादन लाइ आधुनिक र ब्यावसायिक बनाउन नगरपालीकाले करोडौ  खर्चिएको ठाउमा सरकारले  ध्यान दिनु पर्नेमा जोड दिए।    

युवालाइ  रोजगार शृजना गर्न का  परम्परागत शिक्षा प्रणाली लाइ ब्यावसायिक मा बदल्न  आफुले  नगर  प्रमुख  छात्राबृति,  प्रबिधि मैत्रै शिक्षा,  स्वरोजगार मुलक र आयमुलक शैक्षिक निति  लघु उद्यम मार्फत उद्यमि कार्यक्रम अबलम्बन गर्दै  समृद्द  नेपाल  सुखि नेपाली अभियाको  कार्य थालनि गैरहेको  उनले बताए।    बंगुर पाल्न, बुटिक,  तरकारी खेती,  मकै खेती,  लघु उद्यमि क्षेत्रमा दुहबी  नगरपालीका देशकै उत्कृस्ट इन्भेस्टर रहेको  बताउदै  राज्यले   यस्ता कामको मुल्यान्कन गरि हौसला प्रदान गर्न  अनुरोध गरेका थिए। 

उनले  मुख्य मन्री केदार कार्कीलाइ  दुहबी  इनरुवा सडक तत्काल ठेक्का लाग्नु पर्ने,  केशलिया बुढिखोला गृनरी , रोड करिडोर ठेक्का लाग्नु पर्ने,   ध्यानाकार्षन गराउदै       कोशी राजमार्ग अन्तर्गत बाधक रहेको  दुहबी सडक खन्ड साँघुरो अबस्था बाट अब फराकिलो हुने क्रम अगाडि  बढिसकेको र स्थानियले सहयोग गर्दै आएको  बताउदै  उअले नगरपालीकाले    कन्सेप्टमा ले   लिएको बहु आयामिक बिबिल्डिङ ,   रंगशाला,  फुड  प्रोसेसिङ सेन्टर लगायत   प्रोजेक्ट लाइ  सरकारले  ध्यान  दिनु पर्ने   बताएका थिए।  


लघु उद्यम मार्फत  सिप र रोजगारीको  सुनिस्चितता  गर्ने  कोशि  प्रदेश कै उत्कृस्ट दुहबिकि महिला उद्यमि   प्रथम भएको  जिकिर गर्दै उनले भने  आगामि दिनमा थप रोल मोडमोमोडेलको रुपमा दुहबी नगरपालिका सदैब अगाडि रहने प्रत्बदता ब्यक्त गरे।    केहि बिपक्षि हरुले रोजगार मेला बारे नकरात्मक ट्प्पणी गरेको  बताउदै उनले भने,  बृत्ति मार्गनिर्देशन  तथा रोजगार मेला मार्फत   बिद्यार्थीले  प्राबिधिक  शिक्षाको  महत्व  बुझेको    बताउदै  लघु उद्यम मार्फत  दुहबीले  बंगुर पालन,  बाख्रापालान,  कुखुरा पालन,  तराकरी  खेती,  सामुहिक गहुं धान,  मकै खेती,    अचार,    ब्युटिपार्लर,   अचरा बुटिक,गहना,  जुत्ता चप्पल,  फेसन डिजाइनर लगायत बहुसंख्यक  लाइ स्वरोजगार बनाइ सकेको  बताए।   उद्यम तथा  रोजगार मेला  भोलि पनि  लाग्ने छ।  उक्त मेलामा बिभिन्न  सेवा प्रदायक ४२  वटा स्टल हरु  रहेका छन्।