धनकुटा  । धनकुटा नगरपालिका वडा नम्वर १० स्थित पारिपात्लेमा एक घर जलेर नष्ट भएकाे छ ।                      ओहि स्थान तत्काल धनकुटा नगरपालिकाका उपप्रमुख भिमा खनाल , नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धनकुटाकाे टाेलि, समजसेवी खेम प्रसाद बराल, गाेरखापत्रकर्मी काेकिला भण्डारी लगायतकाे टाेलि  घट्नास्थल मै पुगेर केही राहात सामाग्री  वितरण गरेकाे छ ।IMG-20240407-WA0116

रेडक्रसले एकसेट राहत सामाग्री र पालिकाले खाध्यान्य वितरण गरेकाे छ ।

भिम बहादुर मगर बसेकाे घर र गाेठमा आगलागी हुदा पुर्ण रुपमा जलेर नष्ट भएकाे छ । उक्त घरमा टाटिकाे वेरा र खरकाे छाना रहेकाले आगाे लागेकाे केहि वेरमै जलेर नष्ट भएकाे स्थानीय कासिनाथ बरालले बताउनु भयाे ।IMG-20240407-WA0117

उक्त घर नजिक रहेकाे गाेठ पनि जलेर नष्ट भएकाे छ ।

आगलागिबाट घरमा भएका सम्पुर्ण खानेकुरा, लत्ता कपडा, बाख्रा १, कुखुरा तीन माउ र तिनका चल्ला, युरिया, डिएफि, पाेटास लगायत सामान जलेर नष्ट भएकाे छ । उक्त घरमा वस्ने भिम बहादुर मगरकाे पाखुरा कुहिना देखि मुनि र देब्रे खुट्टा समेत जलेर घाईते भएका छन् ।

उहाँलाइ जिल्ला अस्पतालमा  उपचारकालागि पठाईएकाे वडा सदस्य सुरेस कुमार श्रेष्ठले जानकारी दिनुभयाे।