सुन्दरहरैचा । एशियाली राजमार्गका रुपमा पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नती गर्ने कार्यका लागि राजमार्ग आसपासका क्षेत्रमा रहेका रुखहरु मोरगंको सुन्दरहरैचा क्षेत्रमा कटान सुरु गरिएको  छ ।

  हाल दुई लेन रहेको पुर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने भएपछि राजमार्ग किनारामा रहेका रुखहरु कटान गर्ने कार्य अन्तरगत गोठगाँउ देखि बुढीखोला सम्मको  कटान सुरु गरिएको हो ।  

एसियन राजमार्गको रुपमा विकास गरिने पुर्वपश्चिम राजमार्गको पुर्व क्षेत्रबाट सडक क्षेत्रमा पर्ने रुखहरु कटान गर्ने कार्य अन्तरगत झापाको काकरभिटा देखि गोठगाँउ सम्म रुख कटान गर्ने कार्य सम्पन्न भई सकेको छ । गोठगाउँ देखि वुढी खोला सम्मको रुख कटान सम्पन्न भएपछि सुनसरीको इटहरी तर्फ बुढी खोला देखि भाटभटेनी सम्मको कटान गरिने काकरभिट्टा लौकही सडक विस्तार आयोजना अन्तरगत ३ नम्बर प्याकेजका कन्ट्रक्सन मेनेजर गौरीशंकर महतोले जानकारी दिए । उनले तीन वर्ष भित्रमा सडक विस्तारको काम सक्ने गरी काम भई रहेको समेत वताए ।vlcsnap-2024-04-07-16h58m28s653

सव डिभिजन वन कार्यालय सलकपुरको समेत सहभागितामा सडक क्षेत्रमा पर्ने रुखहरु कटान गरिदै आएको र घाटगदी गर्ने कार्य भई रहेको सव डिभिजनका वन रक्षक डिल्लीराम मिश्रले जानकारी दिए ।

राजमार्ग क्षेत्रमा रहेका रुखहरु कटानका लागि  सम्वन्धीत ठाउँका वन कार्यालयहरुर्ले े सडक क्षेत्रमा रुखहरु निती नियम अनुसार कटान गर्ने कार्य गर्दै आएका छन । एशियन राजमार्गका रुपमा पुर्वपश्चिम राजमार्ग  विस्तारका लागि झापाको काँकडभिट्टा देखि सुनसरीको लौकही सम्म १सय २० किलो मिटर सडक विस्तारका लागि ठेक्का लागि सकेको छ । एशिया महादेशमा रहेका देशहरुलाई स्थलमार्गबाट जोड्ने गरि अन्तरदेशिय सडकका रुपमा विकास गर्न लागिएको एशियन राजमार्ग निर्माणका लागि नेपालमा एसियाली विकास बैंकको सहयोग रहेको छ ।