इटहरी । दशनामी समुदायका युवाहरुलाई नेतृत्व तथा क्षमता विकास सम्वन्धी तालिम प्रदान गरिएको छ ।

  नेपाल दशनामी समाज सुनसरीको वार्षिकोत्सवको अवसर पारेर युवाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरिएको हो ।

  तालिममा डा.ताराप्रसाद गिरी र टिकादत्त बनले नेतृत्व विकास तथा व्यक्तित्व विकासका विभिन्न पक्षहरु समावेश गरेर सहजिकरण गरेका थिए । तालिममा जिल्लाका विभिन्न ठाउँहरुका एक सय वढी युवाहरुको सहभागिता रहेको थियो ।WhatsApp Image 2024-04-06 at 17.12.26

  वार्षिकोत्सव तथा प्रशिक्षण कार्यक्रम नेपाल दशनामी समाज सुनसरीका अध्यक्ष गोविन्द पुरीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष तेजवहादुर पुरीको प्रमुख आतिथ्इमा भएको थियो । सो अवसरमा कार्यक्रमका अध्यक्ष तथा नेपाल दशनामी समाज सुनसरीका अध्यक्ष गोविन्द पुरीले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष भुप पुरीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

WhatsApp Image 2024-04-06 at 17.12.27 (1)कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय सदस्य नविन गिरी , कोशी प्रदेश अध्यक्ष पदम पुरी , पुर्व जिल्ला अध्यक्ष टिकावहादुर बन लगायतका सहभागिता रहेको थियो । वार्षिकोत्सव तथा प्रशिक्षण कार्यक्रमको अवसर पारेर जिल्ला तथा नगर कार्यसमितिमा रहेकाहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।