धनकुटा  । सुन्तलाको उत्पादन बढाउन र सुन्तलामा गुणस्तर कायम गर्दै सुन्तलाको दिगो व्यावस्थापनका लागि जोनले सुन्तला खेती गर्ने कृषकहरूलाई कृषि सामाग्रि वितरणका साथमा तालिम सम्पन्न गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,  कार्यान्वयन इकाई तेह्रथुम सुन्तला जोन, धनकुटाले सुन्तला जात फलफुल बगैचा व्यावस्थापन कार्यक्रम अन्तर्गत सामाग्री वितरण तथा प्रयोग सम्बन्धी स्थलगत तालिम सम्पन्न गरेको हो । 

उक्त कार्यक्रममा सुन्तला टिप्न तथा काटछाटका आल्मुनियम भर्याङ , सिकेचर, प्रुनिङ (स, रोग किरा नियन्त्रणका लागि विषादी भिटामिन विषादि भिटामिन बोर्डो मिश्रण आदि  छर्नका लागि ईलेक्ट्रिक स्प्रेयर, बोर्डोमिश्रण बनाउन आवस्यक पर्ने निलो तुथो र चुना, सुन्तलाको फेदमा पेस्ट गर्नका लागि कपर ईस्टिम पेस्ट , विभिन्न खालका विषादि खनिज तेल भिटामिन तथा स्वयल कन्डिसनर, खनजोतका लागि मिनिटिलर लगायतका सामाग्रीहरू वितरण गरिएको परियोजना कार्यानयन  ईकाई तेह्रथुमका प्रमुख डाक्टर सन्जय कुमार यादवले बताउनु भयो । vlcsnap-2024-04-06-14h40m42s615

सुन्तला वगानमा उक्त साम्रागी प्रयोग गर्नु पर्ने कारण र सामाग्री प्रयोग विधिको वारेमा सुन्तलाजोन धनकुटाका प्राविधिक सहायक धर्मराज कटुवाल र नायव प्राविक सहायक प्रदिप दाहालले स्थलगत प्रयोगात्मक शहजिकरण गर्नु भएको थियो ।vlcsnap-2024-04-06-14h41m11s554

उक्त तालिममा धनकुटा नगरपालिका वडा नम्वर ३ स्थित कागते सिप्तिङ बहुउद्वेसिय कृषक समुहका किसान, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई तेह्रथुम , सुन्तलाजोन ईकाई धनकुटा तथा धनकुटा नगरपालिका वडा न ३ का वडा सदस्य सान्तिराम मिश्र लगातको उपस्थिति  रहेको थियो ।