धनकुटा   । प्रधानमन्त्री कृषि अाधुनिकीकरण परियाेजना, परियाेजना कार्यान्वयन इकाई तेह्रथुम सुन्तला जाेन, धनकुटाले सुन्तला जात फलफुल बगैचा व्यावस्थापन कार्यक्रम अन्तर्गत सामाग्री वितरण तथा प्रयाेग सम्बन्धि एकदिने स्थलगत तालिम सम्पन्न गरेकाे छ । 

साँगुरीगढी गाउँपालिका ३ स्थित मिर्मिरे माझगाउँ वहुउद्देश्यीय कृषक समुहका सुन्तला कृषकहरूलाई सुन्तला जाेन  धनकुटाका प्रमुख धर्म कटुवालले शहजीकरण गर्नु भएकाे थियाे । 

उक्त सुन्तला बगैँचा ब्यवस्थापन कार्यक्रम तालिममा सुन्तला काटछाटका लागि सिकेचर, प्रुनिङ -स, विषादी भिटामिन तथा बाेर्डाे मिश्रण छर्नका लागि ईलेक्ट्रिक स्प्रेयर, बाेर्डाेमिश्रण बनाउन आवस्यक पर्ने निलाे तुथा र चुना, सुन्तलाकाे फेदमा पेस्ट गर्नका लागि कपर ईस्टिम पेस्ट , अनि किटनास एसिटामिप्रड, ईमामेक्टिन बेन्जाेएड, ढुसिनासक हेक्जाकाेनाेजल सुटिमाेल्डका लागि सर्भाे वा खनिज तेल क्याङ्करका लागि किङ ब्याक्ट भिटामिनमा एक्सिलेन्ट क्याल्सियम बाेरन तथा स्वयल कन्डिसनर लगायतका सामाग्रिहरू काे प्रयाेग गर्ने तरिका र प्रयाेगात्मकका साथमा सामाग्रि समेत वितरण गरिएकाे सुन्तला जाेन धनकुटाका प्रमुख धर्म कटुवालले जानकारी दिनुभयाे ।WhatsApp Image 2024-04-05 at 16.16.10

उहाँले सुन्तला वगानमा उक्त साम्रागी प्रयाेग गर्नु पर्ने कारण र विधिकाे वारेमा स्थलगत प्रयाेगात्मक तालिम संचालन गरिएकाे थियाे ।

उक्त तालिममा साँगुरीगढी गाउँपालिका वडा नम्वर ३ स्थित मिर्मिरे माझगाउँ वहुउद्देश्यीय  कृषक समुहका २७ घरपरिवारका सुन्तला कृषकहरू  लाभान्वित भएका छन् । 

धनकुटा जिल्ला स्थित सुन्तला किसानहरूलाई  सुन्तला उत्पादनमा शहज हाेस र सुन्तला उत्पादन राम्राे र गुणस्तर बनाई सुन्तला बाटै धनकुटालाई चिनाउन राेग किरा नियन्त्रणकालागि विषादि, भिटामिन मलखाद लगायतका सामाग्रि वितरण गरेकाे प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना, परियाेजना कार्यान्वयन ईकाइ तेह्रथुमका प्रमुख डाक्टर सन्जय कुमार यादवले बताउनु भयाे .।WhatsApp Image 2024-04-05 at 16.16.10 (1)

विगतमा सुन्तलामा लागेकाे राेग किरा नियन्त्रण गर्न नसकि किसान निरास बनेका समयमा दुईबर्ष अगाडि जाेन कार्यक्रम गाउँमा उत्पादक कृषक 

उक्त तालिममा सुन्तला कृषक, वडा सदस्य केसर लिम्बु, समुहका अध्यक्ष लाख बहादुर लिम्बु, प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना, परियाेजना कार्यान्वयन इकाई तेह्रथुमका प्रमुख डाक्टर सन्जय कुमार यादव, सुन्तला जाेन धनकुटाका प्रमुख धर्मराज कटुवाल, प्राविधिक प्रदिप दाहाल, गाैरी शंकर महत्ताे लगायतकाे उपस्थिति रहेकाे थियाे ।