चतरा । प्राचिन हरिद्धार चतरामा लाग्ने  महाकुम्भ महोत्सवको अवसर पारेर जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको छ ।  

     कुम्भ मेलाको समयमा नजिकीसंगै जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको हो ।

 जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा रहेको  हनुमान मन्दिर प्राङगणमा आयोजना गरिने  संकटमोचन श्रीमनुमद् महायज्ञ लगायतका धार्मिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पिठमा उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी गराए ।

उनले एघार दिवसीय हनुमद् महायज्ञ , श्रीरामकथा ,बागेश्वरधाम सरकारले श्रीराम मन्दिरको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत वताए । सो अवसरमा दैनिक एक लाख बढी भक्तजनहरुको सहभागिता हुने अनुमान गरिएको उपाध्यक्ष तिवारीले जानकारी दिए ।

महायोगी सिद्धबाबाको सत्संकल्प अनुसार सञ्चालन गरिने श्रीहनुमद् महायज्ञका लागि हवन मण्डप , हवन कुण्ड ,आवास व्यवस्थापन , भोजनालय एवं धिरेन्द्रकृष्ण शास्त्री बागेश्वर धाम सरकारको कथा प्रवचनका लागि पण्डालको व्यवस्थापन , खाना व्यवस्थापन , शौचालय  , व्यवस्थापन  गर्ने अन्तिम चरणमा पुगेको जनाइयो ।

चैत्र २७ गतेबाट सुरु हुने कुम्भ मेलाका अवसरमा जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा पनि सोही दिन देखि आगामी बैशाख २७ गते एक महिना सम्म विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ ।WhatsApp Image 2024-04-04 at 6.18.31 PM

 १२ बर्षे पुर्ण महाकुम्भ मेलाको समय नजिकिरहदा प्राचिन हरिद्धार चतरामा तयारी तीव्र गतिमा भई रहेको छ ।

    हरेक १२ वर्षमा सुनसरीको चतरामा लाग्ने महाकुम्म मेला सफल वनाउन आवश्यक भौतिक पुर्वाधार लगायतको तयारी अन्तिम चरणमा पुगेको हो । चैत्र शुक्लप्रतिपदा देखि लाग्ने महाकुम्म मेलालाई लक्षित गरी भक्तजनहरुको सहजताका लागि बाटो, आवास , भण्डारा, खानेपानी ,  शौचालय देखि लिएर पुर्जाअर्चनाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जगतगुरु पिठ चतराका सचिव उद्धव घिमीरे जानकारी दिए ।

कुम्भ मेलाका लागि तयारी अन्तिम चरणमा पुगेको र उद्घाटनको तयारीमा रहेको वताउदै सचिव घिमीरेले देश विदेश देखि पनि ठुलो संख्यामा कुम्भ मेलामा भक्तजनहरुको सहभागिता हुने अपेक्षा गरिएको वताए ।

 यही चैत्र २७ गते देखि आगामी बैशाख २८ गते सम्म ऐतिहासिक ,पवित्र धार्मिक क्षेत्र प्राचिन हरिद्धारमा पुर्ण महाकुम्भ मेला आयोजना हुदैछ ।

महाकुम्भ मेलालाई सफल वनाउन तीनै तहका सरकारले समेत सहयोग पुर्याईरहको । नेपालका प्रथम जगतगुरु वालसन्तको परिकल्पनामा वि.सं. २०५९ साल देखि  नेपालमा कुम्भ मेला आयोजना गरिदै आएको  छ।  हरेक १२ वर्षमा पुर्ण महाकुम्भ र हरेक ६ वर्षमा अर्ध कुम्भ मेला प्राचिन हरिद्धार चतरामा आयोजना गरिदै आएको छ ।