दुहबी,  २१ चैत्र ÷   दुहबी नगरपालीकाको आयोजनामा नेपाल सरकार र  स्विटजरल्याण्ड सरकारको द्विपक्षिय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागी सिप र स्टेप अप परियोजना आसमान नेपालको सहयोगमा २ दिवसिय रोजगार मेला २०८० आयोजना   गरिने  भएको छ्।  दुहबी नार प्रमुख बेद गच्छादारले  आज  पत्रकार सम्मेलन मार्फत    चैत्र २४ र २५ गते बृत्ति मार्गनिर्देशन तथा रोजगार मेला  आयोजना गर्न लागिएको जानकारी गराएका  छन ।   

दुहबी नगरपालीकाले  खाली गराएको प्लटमा   आउदो सनिबार बिहान १० बजे  उक्त मेलाको  उध्घाटन गरिने नगर प्रमुख गच्छादारले  बताएका छन ।  नेपाल सर्कारको  समृद्द नेपाल,  सुखि नेपाली  र  प्रत्यक साल  श्रम बजारमा आउने ५ लाख  युवालाइ रोजगारी उपलब्ध गराउने  लक्षलाइ  हृदयगम गर्दै  दुहबी नगरपालीका  भित्रका  युवा  बेरोजगार हरुलाइ  स्थानिय उद्योग,  ब्यावसाय,  पर्यटन, होटल ब्यावसाय,   शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा  रोजगार उपलब्ध गराउने उदेश्यले  बिगतमा  भन्दा फरक हिसाबले यो साल रोजगार मेला आयोजना गर्न लागिएको बताउदै  नगर प्रमुख गच्छादारले   यो पटक  बिभिन्न  क्षेत्रका रोजगार दाताहरुले  म्यानेजर,   इन्जिनियर,   स्टाफ नर्स देखि  अफिस ब्वाइ सम्म   ढ सय भन्दा बढिको  रोजगार माग भै आएको हुदा   दुहबी नगरपालीका भित्रका  बेरोजगार युवायुवती हरुले   उक्त  मेलाबाट  भरपुर फाइदा लिन हुन आग्रह समेत गरेका छन ।  

प्राबिधिक , प्रसासनिक,  लगायतका निजि क्षेत्र र स्थानिय हरु गरि ५ हजार भन्दा बढिको सहभागिता हुनसक्ने  आकलन सहित आयोजना गर्न लागिएको रोजगारमेलामा  १३ लाख  खर्चहुने आकलन गरिएको बताउदै  नगर प्रमुख गच्छादारले    अध्ययन पश्चात भारी संख्यामा  रोजगार  र थप  अध्ययन का लागी  जनशक्ति बिदेश पलायन हुनेक्रम बढ्दो रहेको र सरकारले  रोजगार शृजना गर्न नसक्दा  लागु औषध र दुर्ब्यसनिमा फस्दै  अन्धकार जिबन यापन गर्नुपर्ने बाध्यता लाइ मध्यनजर गर्दै  दुहबी नगरपालीकाले कोशि प्रदेशमै पहिलो चोटी २०७५ मा रोजगार मेला आयोजना गरेको  बताए । WhatsApp Image 2024-04-03 at 6.37.58 PM

कोभिडका कारण केहि समय  मेला आयोजना हुन नसक्ने पनि यो पटक बने सानो तर उपलब्धिमुलक सहभागिता हुने र परिणाममुखि  मेला आयोजना गरिएको छ।  स्थानिय जनशक्तिलाइ स्थानिय स्तरमै रोजगारी शृजना  गराउने र स्थानिय सिप र दक्षताका आधारमा तयारी उत्पादनलाइ समेत प्रदर्शनि गरिने लक्ष सहित आयोजना गरिएको  उक्त मेलामा   बिद्यार्थी तथा युवाहरुको बृत्ति मार्गनिर्देशन,  रोजगारी  शृजना,  रोजगारदाताहरुले  उपलब्ध जनशक्ति बारे जानकारी,  रोजगारीको अवसर,   तालिम प्रदायक संस्थाबारे जानकारी,   नगरपालिका बाट  प्रवर्धन गरिएका    लघु उद्यमका समाग्रीको प्रदर्शनि  लगायत को  स्टलहरु समेत रहने छन ।   

रोजगार पहिचान र अवसर,  बेरोजगार  समस्याको समाधान भन्ने मुल नाराका साथ आयोजित रोजगारमेलामा   रोजगारदाता,   स्थानिय बुद्दिजिबि,  पत्रकार,  युवा तथा सबै सरोकार निकायहरुलाइ  आ आफ्नो स्थानबाट  सहयोग गरिदिन आग्रह गर्दै नगर प्रमुख गच्छादारले   स्थानिय सरकार सग  निजि क्षेत्रले  अपेक्षाकृत  सहयोग नगरेको गुनासो समेत गरे।  निजि क्षेत्रले  स्थानिय सरकार सग सहकार्य  नगर्दा बेरोजगारि संख्या बढेको र शंका नगरी बिस्वासको साथ  यस्ता कार्यक्रममा सहभागिता जनाउन आग्रह समेत गरेका छन् ।उक्त पत्रकार सम्मेलनमा नगर उप प्रमुख मेनुका खतिवडा , प्रमुख प्रशासकीय अधिकृत हिरण््य बराल लगाएत नगरपालीकाका कर्मचारी ,स्टेप अप प्रोजेक्टका परियोजना संयोजक इन्जीनियर गणेश दाहल इन्सोर रिीयोजनाका घनश्याम खड्का , उधोग संघ मोरङका प्रतिनिधी , उधोगी तालिम प्रद्रायक संस्थाका प्रतिनिधी सार्थ दुहवी नगरका कार्यपालीका सदस्यहरुको उपस्थीती रहेको थियो ।