इटहरी । उच्च शिक्षा अध्ययनका विदेश जाने विद्यार्थीहरुलाई  परामर्श सेवा प्रदान गर्दै आएका पुर्व क्षेत्रका युके विद्यार्थी पठाउने परामर्शदाताहरुलाई  शैक्षिक परामर्श सम्वन्धी तालिम प्रदान गरिएको छ । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलको आयोजनामा सुनसरीको इटहरीमा युके विद्यार्थी पठाउने पुर्व क्षेत्रमा रहेका  परामर्शदाताहरूलाई लक्षित गरि तालिमको आयोजना गरिएको हो । 

युकेमा विद्यार्थीहरू अध्ययनका लागि पठाउँदै आएका कोशी प्रदेशका शैक्षिक परामर्श दाताहरूको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको नेपाल शैक्षिक परामर्श संघ इक्यान पुर्वाञ्चलका अध्यक्ष रविन्द्र निरौलाले बताए ।IMG-20240402-WA0016 तालिममा युकेको वि.पि.पि. युनिभर्सिटी लन्डनका प्रतिनिधि प्रशिक्षकद्धय डा.दिपक खड्का र रञ्जित सिंहले सहजिकरण गरेका थिए । इक्यानका केन्द्रीय कोषाध्यक्ष विकल्प राज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा ४० वटा भन्दा वढी शैक्षिक परामर्श व्यवसायी संस्थााहरुका ५० जना भन्दा वढीको सहभागिता रहेको थियो । तालिम आयोजनाका विषयमा इक्यान पुर्वाञ्चलका निवर्तमान अध्यक्ष प्रकास लकान्द्रीले जानकारी गराएका थिए । 

 तालिममा युके जान चाहने विद्यार्थीहरुका शैक्षिक अवस्था, शिक्षण विधि, शैक्षिक स्तर, नेपाल तथा युकेमा गर्नु पर्ने प्रक्रिया लगायतका विषयमा सहजिकरण गरिएको थियो । शैक्षिक परार्मशका क्षेत्रमा काम गर्नेहरुलाई अझ दक्षता प्रदान गर्ने यस प्रकारका तालिमहरुलाई निरन्तता दिने तालिम समापनका अवसरमा जानकारी गराइयो । एक दिने तालिम मंगलवार सम्पन्न भएको थियो ।