विराटनगर । सहकारीमा सुशासन ः प्रविधि र एकीकरण भन्ने मुल नाराका साथ अगाडि बढेको सहकारीको ६७ औ राष्ट्रिय सहकारी दिवस २०८० विराटनगरमा सम्पन्न भएको छ ।
मुल समारोह समिति मोरङ्गको आयोजना तथा विराटनगर महानगरपालिका, जिल्ला बचत तथा श्रृण सहकारी संघ लि., बेलबारी, मेची बहुमुखि सहकारी संस्था लि. दमक, राष्ट्रिय सहकारी बैक लि. लगायतका सहकारीको सह आयोजनामा विराटनगरमा उक्त दिवस सम्पन्न भएको हो ।
सम्पन्न दिवसको अवसर पारेर प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरका सहकारीकर्मी रामचन्द्र गौतम र कानेपोखरीकी कृष्ण कुमारी गुरूङ्गलाई नगद सहिद कदर पत्रले सम्मान गर्नु भएको छ ।
उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै धेरै सहकारीहरु मानिसको गर्जो टार्ने मात्र नभएर जिवनयापन नै परिवर्तन गरिदिएको छ । नयाँ जिवन समेत दिएको छ । खानपिन देखि घर समेत प्राप्त गरेको छ । ईमान्दारी, समझदारी, महिला भएकोले सहकारीबाट देश विकास हुने कुरामा विश्वास राख्ने मुख्यमन्त्री केदार कार्कीले महिला शक्तिलाई परिचालन गर्न सके देश विकास सम्भव रहने । कृषिमा अनुदान बन्द गरी असलि किसानलाई व्याज सरकारले तिरिदिने सर्त सहित सापटि पैसा दिने ब्यावस्था गरिएको छ । सहकारीले जिवनयापनमा शहज भएको भन्दै कोशी प्रदेशमा रहेका ५ हजार सहकारी मध्ये १सय ७७ वटा सहकारिलाई अनुगम, नियमन गरिरहेको, मन्त्री कार्कीले बताउनु भयो ।
मोरङ्ग जिल्लामा मात्र ७३३ सहकारीलाइ पालिकाले हेर्ने गरेको छ भने २७७ सहकारीलाइ प्रदेश रजिष्टार कार्यालयले हेर्ने गरेको छ ।