इटहरी ।  ऐतिहासिक धार्मिक महत्व बोकेको  ग्रामथान संरक्षणमा राज्य गम्भीर नभएका कारण ग्रामथान जोखिममा पर्दै आएको थारु समुदायका अगुवाहरुले गुनासो गरेका छन ।

   सुनसरीको इटहरीमा ग्रामथान संरक्षण समिति सुनसरीकोको ६औं बार्षिक साधारण सभाका वक्ता थारु समुदायका अगुवाहरुले ग्रामथान संरक्षणमा सरकारी चासो हुनु पर्नेमा जोड दिएका हुन ।

  ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षता तथा राष्ट्रिय थारु आयोगमा अध्यक्ष विष्णु प्रसाद चौधरीको प्रमुख आतिथ्यमा वार्षिक साधरण सभा सम्पन्न भएको थियो ।

वार्षिक साधारण सभाका वक्ता थारु समुदायका अगुवाहरुले थारु समुदायका कतिपय कला,संस्कृति ,परम्पराहरु युवापुस्तामा हस्तान्तरण नभएका कारण लोप हुने अवस्थामा पुगि सकेको चिन्ता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी थारु आयोगका अध्यक्षले ग्रामथानलाई जिवन्त राख्न सुनसरीले महत्वपुर्ण भुमिका खेलि रहेको भन्दै ग्रामथान संरक्षण समितिको प्रशंषा गरे ।  उनले भाषा, संस्कृति , परम्परा, र इतिहास मेटिन दिनुनहुने समेत वताए ।WhatsApp Image 2024-04-02 at 17.52.03

कार्यक्रमका अध्यक्ष ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीले कतिपय ठाउँमा विकासका नाममा ग्रामथान अतिक्रमण गरिएको भन्दै गुनासो गरे । उनले ग्रामथानको संरक्षणमा राज्य गम्भीर बन्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका वक्ताहरुले ग्रामथानहरु हाल सम्म पनि सुचिकृत नभएकोमा चिन्ता व्यक्त गर्दै सबै पालिकाहरुमा सुचिकृत गरिनु पर्नेमा जोड दिए । त्यसै गरी ग्रामथान संरक्षणका लागि आवश्यक कानुन बनाउनु पर्ने समेत थारु समुदायका अगुवाहरुको राय रहेको थियो । कार्यक्रममा युवा पुस्तालाई आफनो कला ,संस्कृति, परम्परा जर्गेनामा जागरुप वनाउनु पर्नेमा समेत वक्ताहरुले जोड दिएका थिएका थिए ।WhatsApp Image 2024-04-02 at 17.52.03 (1)

इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको जब्दी मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्यद्धय जयप्रकास चौधरी , सुनिता गच्छदार रामधुनी नगरपालिका पुर्व नगरप्रमुख जय प्रकास चौधरी ,थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्य शुसिला चौधरी , ग्रामथान संरक्षण समिति सुनसरीका सल्लाहकार पदम अधिकारी लगायतका वक्ताहरुले ग्रामथान संरक्षणका विषयमा बोलेका थिए ।